• २ माघ २०८१, बुधबार

च्याम्पियन्स लिगमा रियल अपराजित

blog

समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै रियल म्याड्रिड र युनियन बर्लिनका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, मङ्सिर २७ गते । स्पेनिस पावर हाउस रियल म्याडिड्र युरोपेली च्याम्पियन्स लिग फुटबलको समूह चरणका अपराजित रहँदै पार गरेको छ । समूह ‘सी’ अन्तर्गत बुधबार राति भएको खेलमा रियलले युनियन बर्लिनलाई ३–२ गोलले हरायो ।

यस समूहबाट रियल र नेपोली यसअघिनै नकआउट चरणमा पुगेका थिए । अर्को खेलमा नेपोलीले स्पोर्टिङ ब्रागलाई २–० गोलले स्तब्ध बनायो । यस्तै समूह ‘बी’ को खेलमा इङ्लिस क्लब आर्सनल पिएसभी आयनहोभन१–१ गोलको बराबरी खेल्दै नकआउट चरणमा पुगेका छन् । 

समूह ‘डी’ बाट रियल सोसिडाड र इन्टर मिलानले नकआउट चरण स्थान बनाए । समूह ‘ए’ बाट बायर्न म्युनिख र एफसी कोपनहेगनले नकआउट चरणमा पुगेका छन् । बुधबार राति बायर्नले म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हरायो ।

युनाइटेड प्रतियोगिताबाट बाहिरिएको छ । अर्को खेलमा एफसी कोपनहेगनले गालातासारेलाई १–० गोलले स्तब्ध बनायो । बायर्न समूह विजेता र कोपनहेगन उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । एजेन्सी