• १३ असोज २०८१, आइतबार

पुँजीवाद : भ्रम, वास्तविकता र तथ्य पुस्तक विमोचन

blog

पुस्तक विमोचन गर्नुहुँदै सांसद मनिष झा, समृद्धि फाउन्डेसनका निर्देशक अर्पिता नेपाल र लेखक राइनर जिटलम्यान ।

काठमाडौँ, मङ्सिर २६ गते। इतिहासकार र समाजशास्त्री राइनर जिटलम्यानद्वारा लिखित नेपाली अनुवाद ‘पुँजीवाद : भ्रम, वास्तविकता र तथ्य’ विमोचन भएको छ।  

जर्मन लेखक जिटलम्यानले आफूले पुँजीवाद :भ्रम, वास्तविकता र तथ्यमा पुँजीवादका सम्बन्धी संसारभर व्याप्त भ्रमको तथ्यपरक चिरफार गर्न खोजेको बताउनुभयो।  उहाँले पुँजीवादलाई लाग्ने १० किसिमका आरोपको मिहिन छानबिन गरी ऐतिहासिक प्रमाणको सहयोगले ती आरोपको सत्यतामा खोट औँल्याउनुभएको छ।  

लेखक जिटलम्यानले भन्नुभयो, “सन् १८२० देखि २०२२ सम्मको अवधिमा संसारभर गरिबीको रेखामुनी जीवन बिताउनेको अनुपात ९० प्रतिशतबाट ९ प्रतिशतभन्दा कममा घटेको छ भने साथसाथै अर्बपतिको सङ्ख्या पनि बढेको छ।  यसले पुँजीवादले आर्थिक समृद्धि लिएर आएको स्पष्ट हुन्छ। ” 

विमोचन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, समृद्धि फाउन्डेसनका निर्देशक अर्पिता नेपाल र लेखक राइनर जिटलम्यानको उपस्थितिमा पुस्तक विमोचन भएको हो।  पुस्तक सकुनकुमार जोशी, टेक नारायण ढकाल र नरेन्द्र विक्रम जी.सी.ले अनुवाद गर्नुभएको हो।