आयुर्वेदिक औषधिको समेत काम गर्ने वनस्पति तुलसीलाई पूजा आराधना गर्ने वैदिककालदेखिको विधि छ । यसैअनुसार वैदिक सनातन धर्मावलम्बीले आज आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् ।
नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा सन् १९५० को नेपाल–भारतका असमान सन्धि, सम्झौता पुनरवलोकन गर्न आग्रह गरेको छ ।
बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
माध्यमिक तह अध्ययन गर्न सहज गराउन विजय नगर गाउँपालिकाले छात्राहरूलाई साइकल वितरण गरेको छ ।
एउटा संयम नामको केटा थियो । उनी सधैँ मोबाइलमा खेल्थ्यो । फोटो क्लिक गर्थे, भिडियो खिच्थ्यो र खेल खेल्थ्यो । उनलाई फोनको लत लागेको थियो । बाबुआमाले उनलाई रोक्न सकेनन् । त्यसपछि उनले युट्युब च्यानल बनाए । उनी गेमिङ भिडियो र प्रतिक्रिया भिडियोहरू पोस्ट गर्थे । उसको फोनमा धेरै कुरा थियो, अनि विस्तारै उनको ग्यालरी भरियो ।
खोला उत्खननमा अनियमितता गरेको भन्दै जिल्ला समन्वय समिति महोत्तरीले गौशाला नगरपालिकाविरुद्ध कारबाही अघि बढाएको छ ।
सहर यसका गल्ली र सडकहरू उत्तिकै साँगुरो छ । कस्सिएर हिँड्नेका लागि कहीँबाट कहीँ पुग्न पनि आधा घण्टा लाग्दैन । विमानस्थल त्यहीँ छ र पशुपतिनाथ पनि त्यहीँ छन् । तर पनि यस्तो लाग्छ– काठमाडौँ टाढाटाढासम्म फैलिएको छ र साह्रै विस्तृत छ । किनभने काठमाडौँको दूरीलाई समयले नाप्दैन, थकाइले नाप्छ । यहाँ जो पनि आउँछ, त्यो थाक्छ ।
टिकापुर प्रकरणमा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका रेशम चौधरीको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आम माफी पाएको विरुद्धमा परेको रिटको सुनुवाइ हुँदैछ ।
नेपालका आदिवासी जनजाति रानाथारू समुदायबाट धनगढीकी डा जीवन रानाले पहिलो पटक विद्यावारिधि गर्नुभएको छ। आफ्नो समुदायबाट विद्यावारिधि गर्ने उहाँ पहिलो व्यक्ति बन्नुभएको हो। उहाँले नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गर्नुभएको छ। रानाले ‘सोसियो कल्चरल लाइफ अफ रानाथारू’ विषयमा अङ्ग्रेजीमा शोधपत्र तयार पार्नुभएको थियो।
पानी ल्याउन प्रयोग गरिएको पम्प र पाइपलाइन जलेपछि धनकुटा बजारमा खानेपानीको हाहाकार भएको छ ।
बैतडी जिल्लाको १० वटा स्थानीय तहले नियमविपरीत ७६० जना करारका कर्मचारी भर्ना गरी वार्षिक १६ करोड ८७ लाख रुपियाँ खर्च गर्दै आएको पाइएको छ। स्थानीय तहको पुनर्संरचना हुनुअघि दुई नगरपालिका र ५८ गाउँ विकास समिति रहेको यस जिल्लामा ६२ जना गाविस सचिवले प्रशासनिक काम कारबाही सञ्चालन गर्दै आएका थिए।
भेरी कोरिडोरको जाजरकोट खण्डमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ। पासागाडदेखि रिम्नासम्मको १६ किलोमिटर कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ।
वीरेन्द्रनगर नगरपालिका–९ की ३० वर्षीय आशा घिमिरे पाँच वर्षदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न हुनुहुन्छ। दुई बिघा जग्गामा गरिएको मौसमी र बेमौसमी तरकारी खेतीबाट घिमिरेले तरकारी बेचेर वार्षिक सरदर आठ लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ। आधुनिक तरिकाले खेती गर्न थालेपछि उत्पादन बढेसँगै आम्दानी पनि विगतको तुलनामा बढेको घिमिरेले बताउनुभयो।