पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौलीदेखि छ किलोमिटर दूरीमा रहेको विश्व रामसार सूचीमा सूचीकृत सिमसारको अपूर्व नमुना हो बिसहजारी ताल। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो क्षेत्र ताल, सिमसार क्षेत्र र सालको घनाजङ्गलबिच पाँच हजार ७८१ हेक्टर क्षेत्रफलमा फैलिएको छ।
चालु आर्थिक वर्षमा सुरु गर्ने भनिएको र सम्पन्न गर्ने भनिएका योजनासमेत आगामी आर्थिक वर्षको बजेटमा समेटिएका छन्। अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा सोमबार प्रस्तुत गर्नुभएको आव २०८०/८१ बजेटमा चालु आर्थिक वर्षको बजेटमा कार्यान्वयन गर्ने भनिएका अधिकांश योजनाले निरन्तरता पाएका हुन्।
वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ ।
ठुलो जमघटका साथ आगोको पूजा गरिन्छ भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर तनहुँका दरै समुदायमा भने आगोको पूजा गर्ने अचम्मको संस्कृति कायम छ ।
नेपालका तेल उत्पादन उद्योगीहरूले कच्चा तेल (क्रुड आयल) को भन्सार वृद्धि गरेसँगै नेपालमा उत्पादित सबै प्रकारका प्रशोधित तेल महँगो हुने बताएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार प्रस्तुत बजेटमा कच्चा तेलको भन्सार १० प्रतिशत पु-याउने निर्णयसँगै नेपालमा उत्पादित प्रशोधित तेलको भाउ महँगो हुने भएको हो । नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घका अध्यक्ष सन्दीप अग्रवालले सरकारको बजेटबाट स्वदेशमा सञ्चालित
सरकारले न्यूनतम तीन महिनाको पेट्रोलियम पदार्थको मागलाई धान्न सक्ने गरी भण्डारण क्षमता वृद्धि गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले तीन महिनालाई थान्न सक्ने क्षमताको इन्धन भण्डारण गृह निर्माण गर्न लागेको हो । नेपाल आयल निगमसँग हाल इन्धनको भण्डारण क्षमता न्यून रहेकाले बजारमा आपूर्ति व्यवस्था सहज पार्न भण्डारण क्षमता वृद्धि गरिने बजेटमा उल्लेख गरेको छ । हाल निगमसँग ७१ हजार किलोलिटर इन्धन भण्डारण क्षमता रहेको छ । जसमा १० देखि १५ प्रतिशत प्रतिशत इन्धन प्राविधिक रूपमा राख्न नमिल्ने निगमले जनाएको छ ।
मन्त्रीपरिषद् बैठकमा नागरिकता विधेयक प्रमाणीकरण विषयमा छलफल भएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्गलबारको मन्त्रीपरिषद् बैठकमा नागरिकता विधेयकमाथि पनि सामान्य छलफल भएको बताउनुभयो। उहाँले भन्नुभयो, “मन्त्रीपरिषद् बैठकमा नागरिकता विधेयकको विषय पनि प्रवेश भएको थियो। राष्ट्रपतिज्यूले संविधानभित्र रहेर, संविधानको अधिकार प्रयोग गरेर प्रमाणीकरण हुन्छ भन्ने हाम्रो विश्वास हो।”
भूस्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रमुख पर्यटकीय भूमि खप्तडमा आध्यात्मिक सम्मेलनको आयोजना हुने भएको छ । सम्मेलन जेठ २३ देखि २५ गतेसम्म आयोजना हुने छ ।
गणतन्त्र दिवस २०८० को उपलक्ष्यमा आज ‘गणतन्त्र दिवस सांस्कृतिक साँझ’को आयोजना गरिएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–८ मुगुवा खोला नजिकै मंगलवार बेलुका भएको दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।
गोरखापत्र संस्थानमा आयोजित ऐतिहासिक फोटो प्रदर्शनीको अवलोकनपछि प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताउनुभएको हो।
गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार उपेश महर्जनले गोरखापत्र संस्थानमा पद बहाली गर्नुभएको छ । उहाँलाई जेठ १२ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २ सय ८० जना छात्रालाई वितरण गरेको साइकल । तस्बिरः माधव बेल्वासे/रासस
पृथ्वी राजमार्गको मुग्लिन बजार नजिकै मंगलबार दिउँसो बस दुर्घटना हुँदा २१ यात्रु घाइते भएका छन्। काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख ७७०१ नम्बरको बस मुग्लिनमा दुर्घटना हुँदा २१ जना घाइते भएका हुन्।
नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीम लामिछाने जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि टोलीसँग दक्षिण अफ्रिका नजाने हुनुभएको छ ।