गणतन्त्र दिवस २०८० को अवसरमा मंगलबार गणतन्त्र दिवस सांस्कृतिक साँझ आयोजना गरिने भएको छ। गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा साँझ ६ देखि सवा ७ बजेसम्म राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक साँझ हुन लागेको हो।
कुनै बेला घनाजङ्गल, न्यून मानव बस्तीबीच औँलोको महामारी हुने चितवन पछिल्लो समय ‘हेल्थ सिटी’ का रूपमा विकास भएको छ ।
भ्रष्टाचार गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जमा कार्यरत वरिष्ठ निरीक्षकविरुद्ध झण्डै साढे चार करोड बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका –१६ मा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा दशनार्थीको घुइँचो लागेको छ । गङ्गा दशहराको अवसरमा पूजापाठ र मन्दिरको दर्शन गर्नेको मंगलबार घुइँचो लागेको हो ।
महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको एनएमबी बैंकको शाखामा मंगलबार अज्ञात समूहले लुटपाट गरेको छ।
सरकारले सोमबार सङ्घीय संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ । भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा करलगायतमा हेरफेर गरिएको हो ।
बाँकेको खजुरामा केन्द्रीय कार्यालय रहेको कपास विकास समितिले चालु आर्थिक वर्ष २०७९/८० मा तीन करोड रुपियाँको कपास विक्री गरेको छ ।
नेपाली कांग्रेस गुल्मीले जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ। जिल्ला पार्टी कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिलाई बजेट निर्माण र कार्यान्वयन सम्बन्धी प्रशिक्षण दिएको हो।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ मा रहेको जीवनज्योती माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्याउने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाडौंमा आज (मङ्गलबार)देखि रोजगार मेला सुरु भएको छ । टेकुस्थित महासङ्घको कार्यालयमा जेठ १६ र १७ गते मेला हुने भएको हो ।
नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा आयोजना हुने भएको छ । सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै सेलिब्रिटी नेपालले जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जनाएको हो ।
कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ ।
कानूनी पृष्ठभूमि रहेका नेम्वाङले संविधान सभासहित छ पटक व्यवस्थापिका–संसदको नेतृत्व सम्हाल्नुभयो । उहाँले मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भई चर्को सङ्क्रमणकालका समयमा समेत सबै राजनीतिक शक्तिलाई संम्वादमार्फत नै समस्या समाधानका लागि निरन्तर प्रेरणा प्रदान गर्नुभयो ।
जम्मू–श्रीनगर राष्ट्रिय राजमार्गमा आज (मङ्गलबार) बिहान एउटा बस गहिरो खाडलमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएका छन् । शवहरू शल्य परीक्षणका निम्ति अस्पताल पठाइएका छन् ।