विगत सम्झिएर हेर्दा धेरैलाई रमाइलो लाग्छ । सुखको क्षणभन्दा निजी दुःखको विगत सम्झनामा धेरै बस्छ । यस्तै विगतले बढी रोमाञ्च अर्थात् विजयकै अनुभूति दिन्छ । हिम्मतको साथ कठिनाइ पार गरेको सम्झनाले वर्तमानलाई उत्साहित बनाउने रहेछ । त्यतिबेला कहर काट्न कम पीडा हुँदैनथ्यो । जीवनमा केही त्यस्ता पनि घटना हुन्छन्, जसले स्मृतिमा घोचिरहन्छन् ।
गोरुगाढा तराई मधेशको एउटा चिनारी हो तर पछिल्लो समय यहाँ गोरुगाडा देख्नै मुस्किल पर्न थालेको छ। गोरु पाल्ने चलन नै हराएपछि गोरुगाडा पनि लोप हुँदै गएका हुन्। अहिले मधेशका गाउँमा पस्दा कतै कतै आक्कलझुक्कल मात्रै गोरुगाडा देखिन्छ।
खिजिदेम्बा गाउँपालिकाले भूवर्गीकरण गरेको छ। भूउपयोग नीति निर्माण गरेर पालिकाको जग्गा वर्गीकरण गरिएको हो। गाउँपालिकाले बनाएको भूउपयोग नीति अनुसार जग्गालाई सात प्रकारमा वर्गीकरण गरी कार्यपालिकाबाट पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले बताउनुभयो। आवासीय क्षेत्र, कृषि क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी खोला तथा ताल सिमसार क्षेत्रलगायतका आधारमा वर्गीकरण गरिएको उहाँको भनाइ छ।
साइपाल गाउँपालिका –४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुनुहुन्छ ।
बागलुङका अधिकांश गाउँ मोटरबाटोले जोडिएका छन् । हिउँदमा ती बाटोमा गाडी गुड्ने गरे पनि बर्खामा सुनसान हुन्छन् ।
चालु आर्थिक वर्ष २०७९/८० मा विश्व अर्थतन्त्रमै समस्या पर्दा नेपाल पनि त्यसबाट अपवाद हुन सकेन। खास गरी रुसले युव्रmेनमाथि गरेको हमलासँगै अघिल्लो वर्षबाटै विश्व अर्थतन्त्रको आपूर्ति शृङ्खला अवरुद्ध भयो। इन्धनको विश्वव्यापी भाउ बढ्यो। त्यसले लगानीमा प्रतिकूल असर पा-यो भने विश्वभर महँगी बढायो। त्यो विश्वव्यापी असरले नेपालको आर्थिक व्रिmयाकलापमा समेत छाया पा¥यो। समग्र अर्थतन्त्रमा नै सङ्कुचन भयो भने त्यसले मूल रूपमा सरकारी राजस्वमा
र अझ त्यसमा उनको रातो बिकीनी । पानीमा तैरिरहेको उनको गोरो शरीरमा निकै आकर्षक ढङ्गले सजिएको छ रातो बिकिनी । त्यसो त हामी पनि पोखरीमा नै छौँ– आधा शरीर डुबाएर बसेको । उनी पोखरीको पेटीमा बस्छिन् र घुँडाभन्दा मुनिको भाग पानीमा डुबाउँछिन् । मलाई पनि त्यसै गर्न मन लाग्छ । तर गर्दिनँ । उनकै छेउमा पानीमा डुबेर उभिन्छु ।
कुनै पनि शासन व्यवस्थाका आ–आफ्नै किसिमका शासकीय गुण र दोष हुन्छन्। शासकीय व्यवस्थाले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थालाई हेर्ने दृष्टिकोणको दायरा फराकिलो बनाउन सक्नु पर्छ। देश र जनताप्रति समर्पित भएर मुलुकको विशेषतामा आधारित आर्थिक प्रगतिका विशिष्ट माध्यमको अध्ययन गरी कार्यान्वयन गरेर उत्कृष्ट समृद्धिको मोडेल विकास गर्नु पर्छ। त्यसरी आफ्नै मौलिक विशेषतामा विकास गरिएको मोडेललाई कार्यान्वयन गरी त्यस क्षेत्रमा देखिएका कमीकमजोरी निरन्तर हटाउँदै परिष्कृत मोडेल बनाई आर्थिक समृद्धि हासिल गर्न सक्नु पर्छ।
अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ ।
मुलुकको आर्थिक गतिविधि तथा आर्थिक एवं सामाजिक स्थिति प्रतिविम्बित गर्ने आर्थिक सर्वेक्षण भर्खरै सार्वजनिक भएको छ। आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणले मुलुकको आर्थिक क्षेत्रमा केही समस्या देखिए पनि सामाजिक क्षेत्रमा भने सुधारका सङ्केत देखिएको तथ्याङ्क सार्वजनिक गरेको छ। मुलुकको स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, विद्युत्, सूचना प्रविधि आदि क्षेत्रमा आमनागरिकको पहुँच बढ्नुका साथै अन्य सामाजिक क्षेत्रका सूचकाङ्कमा समेत सकारात्मक परिणाम पाइएको सर्वेक्षणमा उल्लेख छ।
देशभर आज १६ औँ गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। सरकारले यस पटक परम्पराभन्दा बाहिर निस्केर जनताको सहभागितामा गणतन्त्र दिवस मनाउने निर्णय ग-यो। नेपाली जनताले खास अर्थमा अधिकार पाएको दिनका रूपमा आजको दिनलाई स्मरण गरिन्छ। गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत अधिकार स्थापित गर्न दसवर्षे जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला मुलुकको कार्यकारी प्रमुखका रूपमा हुनुहुन्छ । नेपाली जनतालाई अधिकारसम्पन्न बनाउने र आमूल परिवर्तनको नेतृत्वसमेत गर्नुभएका प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक र समाचारदाता रमेश लम्सालले गरेको अन्तर्वार्ताको सम्पादित अंश :
स्पेस एक्स (स्पेस एक्सप्लोरेसन टेक्नोलोजी कर्पोरेसन) अमेरिकी अन्तरिक्ष विमान, रकेट उत्पादक तथा अन्तरिक्ष वाहन कम्पनी हो । सन् २००२ मा एलन मस्कले अन्तरिक्ष परिवहन लागत कम गर्ने तथा मङ्गल ग्रहको अनुसन्धान र त्यहाँ बसोबासको उद्देश्यले यसको स्थापना गरेका थिए । हाल मस्कले स्पेस एक्स, टेस्ला, सोलार सिटी, हाइपर लुप, बोरिङ कम्पनी, न्युरालिङ्क, स्टार लिङ्कजस्ता महìवाकाङ्क्षी योजना एकसाथ अगाडि बढाइरहेका छन् ।
गाउँमा सञ्चालन गर्न भनी भन्सार छुटमा ल्याइएको एम्बुलेन्स काठमाडौँमा चल्न थालेपछि गाउँवासीले भने झन्डै दोब्बर भाडा तिर्नु परेको छ। दोलखाको शैलुङ गाउँपालिका–८ का वडावासीलाई सेवा प्रदान गर्ने उद्देश्यले स्थानीयको हस्ताक्षर सङ्कलन गरी भन्सार छुटमा उक्त एम्बुलेन्स ल्याइएको हो।
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सोमबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस प्रणालीको आधारमा पाँच विकेटले हराउँदै चेन्नई च्याम्पियन बनेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कला मनोरञ्जनका लागि मात्र नभएर जीवनका लागि भएको धारणा व्यक्त गर्नुभएको छ । ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सोमबार उद्घाटन गर्दै मन्त्री किरातीले कलाको विकास भए मात्र सोचेको समृद्ध नेपालको विकास सम्भव हुने बताउनुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनी सकेसँगै प्रतिष्ठानले असार