सरकारले गठन गरेको एनसेलको शेयर खरिद–बिक्री अध्ययन तथा छानबिन समितिले काम थालेको छ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालमा सरकारी क्षेत्रमा हुने ढिलासुस्ती नै विकासको बाधक भएको बताउनुभएको छ । उहाँले विकास निर्माणका फाइल यता र उता बोकेर हिँड्नुपर्ने प्रवृत्ति हटाउनुपर्ने सुझाव दिनुभयो ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेशका सञ्चार क्षेत्रको विकासमा तीनै तहका सरकारको भूमिका महत्त्वपूर्ण भएको बताउनुभएको छ ।
परम्परादेखि बिहेमा जन्तीले नाच्ने ढाल तरबार नाच संरक्षणमा युवाहरू सक्रिय भएका छन् । मागीभन्दा प्रेम बसेर बिहे हुन थालेपछि नाच लोप हुन लागेको युवाहरूको भनाइ छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गा चेकपोष्ट रसुवाबाट काठमाडौं तर्फ आउँदै बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको महिन्द्रा कम्पनीको स्कार्पियो गाडीमा यसअघि फेला परेको दुई किलोग्राम सुन प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पाल्पाको तानसेन नगरपालिका–२ नारायणस्थानस्थित देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयको पठनपाठनलाई देशकै नमुना बनाउन सरोकारवालाले सुझाव दिएका छन् ।
विजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाले नयाँ अभ्यासको थालनी गर्दै शेयर सदस्यहरूलाई सुत्केरी भेटघाट तथा घाट खर्च सहयोग सुरु गरेको छ ।
सिन्धुलीमा नौ वटै स्थानीय तहले १५ शय्याको आधारभूत अस्पताल बनाउन सुरु गरेका छन् । नागरिकलाई स्थानीय स्तरमा नै आधारभूत स्वास्थ्य सेवाको सुविधा दिन धमाधम १५ शय्याको अस्पताल निर्माण गरेको स्थानीय तहले जनाएको छ ।
कैलाली को गोदावरीमा अटोरिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–८ स्थित भित्री सडक खण्डमा सुप प्र ०१००१ ह ३४८४ नम्बरको अटोरिक्सा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सुशासनको वाचा मात्रै गर्ने नभएर सुशासनकै निम्ति जन्मिएको पार्टी भएको बताउनुभएको छ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाले बैतडीका स्थानीय तहमा भ्रष्टाचार बढेको गुनासो गरेका छन् ।
कालीगण्डकी गाउँपालिकाले चौथो कालिगण्डकी खेलकुद महोत्सव २०८० गर्ने भएको छ । गाउँपालिकाले यही मङ्सिर २९ गतेदेखि पुस १ गतेसम्म खेलकुद महोत्सव गर्न लागेको हो ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैँकहरू मिटरब्याजीजस्तो हुन नहुने बताउनुभएको छ । आइतबार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत नुवाकोटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य फेरि अघि बढ्ने भएको छ । यही डिसेम्बर १६ तारिखबाट धाम निर्माणको पुनः सुरुवात हुने भएको हो ।
नेपाली कांग्रेसको मुखपत्र 'नेपाल पुकार’ पुनः लोकार्पण भएको छ। कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले सानेपास्थित बिपी स्मृति भवन केन्द्रीय कार्यालयमा आइतबार एक कार्यक्रम गरेर पुस्तक लोकार्पण गरेको हो।