• १२ साउन २०८१, शनिबार

लुम्बिनीमा विश्वशान्ति धामको पुनः निर्माण हुने

blog

लुम्बिनीमा बनाउन लागिएको विश्व शान्ति धाम स्थल । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल 

भैरहवा, मङ्सिर २४ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य फेरि अघि बढ्ने भएको छ । यही डिसेम्बर १६ तारिखबाट धाम निर्माणको पुनः सुरुवात हुने भएको हो । 

विश्वशान्ति कामनाको अभियानमा निरन्तर सक्रिय महागुरु श्याल्पा तेन्जिङ रिन्पोछेले धाम निर्माण अघि बढाउनुभएको थियो । कोरोना लगायतका केही कारणले निर्माण कार्य रोकिएको थियो । यसको निर्माण कार्य पुनः सुरुवात हुन लागेको र धाम निर्माणका निम्ति डिसेम्बर १६ तारिखमा ढुङ्गा बिछ्याउने समारोह हुने भन्दै उक्त उत्सवमा सहभागी हुन गुरु रिन्पोछेले अनुरोध गर्नुभएको छ। 

डिसेम्बर १६ का दिन विश्वभरका विश्वशान्ति धाम सदस्यहरू र शान्तिका कार्यकर्ताहरूसँग प्रार्थना, ध्यान, नृत्य जस्ता उत्सव समेत हुनेछ । जसमा मायादेवीको दुई नाटकीय प्रस्तुति पनि रहने छ। विश्व शान्ति धामले दिव्य आमा, रानी मायादेवी, हाम्रा विगत, वर्तमान र भविष्यका सबै आमाहरूलाई सम्मान गर्ने विश्वास गरिएको छ ।

विश्वशान्ति धाम हरेक जाति, रङ्ग र धर्म सम्प्रदायका मानिसहरू एक साथ आउन सक्ने र शान्तिको बिगुल फूकी मानवताको कल्याण र लाभको लागि काम गर्न सक्ने खुला मञ्च हुने युनिभर्सल पिस सेन्चुरीले जनाएको छ ।