नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा आसन्न महासमितिको बैठकको तयारी सम्बन्धमा छलफल भएको छ ।
नेपाल पत्रकार महासङ्घ कालीकोट शाखाका सहसचिव कर्ण कुमाललाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
लागूऔषध (ब्राउन सुगर) हिरोइन मुद्दामा फरार दुई जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
नेपाल कराते महासङ्घको आयोजनामा एसियाली कराते महासङ्घ (एकेएफ) रेफ्री र प्रशिक्षक सेमिनार बुधबारदेखि सुरु भएको छ ।
महाभारत युद्धमा जब पाण्डव पक्षको शक्ति लगातार निस्प्रभावी बनिरहेको थियो, श्रीकृष्णले अश्वत्थामा मरेको अफवाह फैलाउन लगाए । अस्त्र निर्माणको अद्भुत क्षमता भएका गुरु द्रोणाचार्य बाँचुन्जेल पाण्डव पक्षको विजय नहुने बुझेका श्रीकृष्णले युधिष्ठिरलाई प्रयोग गरे ।
परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जानु हुने भएको छ । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उहाँ यही मङ्सिर २३ गते कतार जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
संस्कृत, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले सुस्त मनस्थितिका विद्यार्थी अध्ययनरत विद्यालयलाई वासिङ मेसिन हस्तान्तरण गर्नुभएको छ ।
पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित हासिल गरेको छ ।
इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताउनुभएको छ ।
दोस्रो एनटिए लिग तेक्वान्दो च्याम्पियनसिप बिहीबारदेखि हुने भएको छ । मङ्सिर १६ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा पुम्से र ग्यरोगीतर्फ ७२ स्वर्ण पदकका लागि ६५० खेलाडीको सहभागिता रहने आयोजक नेपाल तेक्वान्दो सङ्घले जनाएको छ ।
मङ्सिर २७ गते काठमाडौँ महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना हुने भएको छ । २९ औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
कैलालीको धनगढीमा रहेको त्रिनगर माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।विद्यालयमा भएको शिक्षकको सरुवा गरिएको विरोध र आवश्यक शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन् ।
रामपुर नगरपालिकाभित्र रहेको स्तनपान कक्ष प्रभावकारी बनेको छ । यहाँका महिला कर्मचारी र सेवाग्राहीको सहजताका लागि कार्यालयभित्र स्तनपान कक्ष राखिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषि क्षेत्रमा समुदायमा आधारित उत्पादनको मोडेल अपनाउने बताउनुभएको छ ।
निस्दी गाउँपालिकाले एकसय सात स्थानमा स्वचालित सडक बत्ती जडान गरेको छ । उज्यालो निस्दी कार्यक्रम अन्तर्गत पालिकाको मुख्य स्थानमा स्वचालित सडक बत्ती जडान गरेको हो ।