• २१ असार २०८१, शुक्रबार

परराष्ट्रमन्त्री साउद कतार जाँदै

blog

परराष्ट्रमन्त्री एनपी साउद

काठमाडौँ, मङ्सिर १३ गते । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जानु हुने भएको छ । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उहाँ यही मङ्सिर २३ गते कतार जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसअघि मङ्सिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिनुभएको थियो ।

त्यसअघि मङ्सिर ७ गते (बिहीबार) उहाँले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गर्नुभएको थियो । परराष्ट्रमन्त्री साउदले आज गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गर्नु भएको छ । कतार बसाइँका क्रममा उहाँ दोहा २१ औँ फोरममा पनि सहभागी हुनुहुने उहाँको सचिवालयले जनाएको छ । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ । रासस