हुम्लाको सर्केगाड गाउँपालिकामा राष्ट्रिय कलाकारको उपस्थितिमा १६ दिने लैङ्गिक हिंसाविरुद्ध साङ्गीतिक महोत्सव सम्पन्न भएको छ । महिला हिंसाविरुद्धको अभियानका अवसरमा मर्यादित महिनावारी तथा विभेद जोखिम न्यूनीकरण व्यवस्थापनसम्बन्धी साङ्गीतिक महोत्सव गरिएको हो । महोत्सवमा कलाकार रेखा जोशी, इब्सु सञ्याल, सुनिता बुढा क्षेत्री र तुलसी विकको सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले बताउनुभयो । महिनावारी हुँदा ‘पर होइन घर भन्ने’ मूल नाराका साथ महोत्सव सञ्चालन गरिएको हो ।
गाउँका बासिन्दालाई खुसी हुनका लागि धेरै चिज आवश्यक पर्दैन । आफ्नो दैनिकीमा सहज हुने काम भइदिएमा उनीहरु त्यसैलाई ठूलो विकास ठान्छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ अँधेरी खोलामा भदौरे र मजुवा जोड्ने झोलुङ्गेपुल निर्माण हुन थालेपछि यहाँका नागरिक उत्साहित बनेका छन् ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमास आक्रमणपछि बेपत्ता रहेका विपिन जोशीको बुवाआमासँग बुधबार महेन्द्रनगर पुगेर भेट गर्नुभएको छ । परराष्ट्रमन्त्री साउदले गृहजिल्ला महेन्द्रनगर पुगेर विपिन जोशीका बुवाआमासँग भेट गर्नुभएको हो । भेटका क्रममा विपिनका आमाबुवाले आफ्नो छोरोको शीघ्र रिहाइ गरी घर फर्काइदिन मन्त्री साउदसमक्ष अनुरोध गर्नुभयो ।
नेपाली सेनामा १७ वर्ष सेवा गर्नुभएका स्याङ्जाको पुतलीबजार नगरपालिका–५ ठुलोस्वाँराका प्रितम कार्कीको रुसी सेनामा कार्यरत रहँदै मृत्यु भएको छ । कार्यवाहक वडाध्यक्ष सन्तोष रेग्मीका अनुसार परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट वडा कार्यालयलाई खबर गरेपछि वडा कार्यालयले परिवारलाई कार्कीको मृत्युको सूचना दिएको हो ।
करिब एक महिनाअघि मात्र १२ जना नेपाली विद्यार्थी इजरायलमा मारिएको घटना स्मरण गराउँदै बुधबार पुनः रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु भएको खबर फैलियो । मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, गोरखाका सन्दीप थपलिया, इलामका गङ्गाराज मोक्तान र दोलखाका राजकुमार रोक्का भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना पठाउनुभएको छ । राष्ट्रपति पौडेलले पठाउनुभएको समवेदना सन्देशलाई झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र उहाँकी कान्छी छोरी अवज्ञा पौडेलले बुधवार उहाँको झापास्थित निवासमा पुगेर हस्तान्तरण गर्नुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
चीन र भारतसँग सीधा सम्पर्क जोड्ने कालीगण्डकी ट्रस ब्रिजको निर्माण कार्य सम्पन्न भएको छ । गण्डकी प्रदेशको चापाकोट–९, निर्दिम र लुम्बिनी प्रदेशको रामपुर–६, भुजात जोड्ने कालीगण्डकीको पुल निर्माण व्यवसायीले निर्माण थालेको १२ वर्षमा सम्पन्न गरेका छन् । पुलको निर्माणसँगै ज्याग्दी खोला कोरिडोर हुँदै आँधीखोला कोरिडोर, पर्वत, मुक्तिनाथ हँुदै चीन र भारत आउन जान सक्ने अवस्था बनेको छ । २०६८ साल असार २६ गते कन्काई/ मिलिनियम/ नेपाल प्रगति जेभीले निर्दिमघाट पुल निर्माणको सम्झौता गरेको थियो । सडक डिभिजन कार्यालय पाल्पाबाट तीन वर्षमा काम सक्ने गरी निर्माण कम्पनीले काम थालेकोमा छ पटक म्याद थपेर सम्पन्न भएको हो । तीन स्पानको १५० मिटर लामो निर्दिमघाट पुल निर्माण कम्पनीले १२ करोड ४८ लाख रुपियाँमा सम्झौता गरेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन केहीअघि संयुक्त अरब इमिरेट्सको दुबईतर्फ प्रस्थान गर्नुभएको छ ।
बुधबार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले संघीय गणतन्त्र विरोधी गतिविधिलाई निस्तेज पार्न पनि संविधान कार्यान्वयनमा क्रियाशील हुनुपर्ने निष्कर्ष निकालेको हो।
नेपाल खेलकुद महासङ्घ, हेटौँडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा हेटौँडामा सुरुभएको नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल भारतीय खेलाडीसँग पराजित हुनुभएको छ ।
अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताउनुभएको छ। बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।
विभेदपूर्ण लिङ्ग छनोट अन्त्यका लागि सुदूरपश्चिम प्रदेश सरकारले कार्ययोजना बनाउन थालेको छ । लिङ्गमा आधारित विभेद अन्त्य गर्ने उद्देश्यका साथ सरकारले कार्ययोजना बनाउन थालेको हो ।