रुपन्देहीको बुटवल उपमहानगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा भएको छ। बुधबार एक समारोहका बिच नगर प्रमुख खेलराज पाण्डेयले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्नुभयो।
महालेखापरीक्षक टङ्कमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकायहरू जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती सुई चो युआनले सगरमाथाको सफल आरोहण गर्नुभएको हो। चिनियाँ युवती चो युआनले जेठ १ गते सोमबार बिहान ५:४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गर्नुभएको हो।
कर्णाली नदीको माछा साना व्यापारीको आम्दानीको माध्यम बनेको छ।माछाको परिकार बिक्री गरेर उनीहरुले आम्दानी गर्दै आएका हुन्।
एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र अफिसियललाई राष्ट्रिय वाणिज्य बैंकले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
प्युठानको झिमरुक गाउँपालिकाले स्थानीय पाठ्यक्रम निमार्ण गर्नका लागि वृहत गोष्ठि आयोजना गरेको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० कार्यालयले उक्त वडाबाट एसइई परीक्षा उतीर्ण गरेका १६ जना छात्राहरुलाई कम्प्युटर प्रदान गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रीय नेतालाई भूगोलकेन्द्रीत जिम्मेवारी तोक्ने निर्णय गरेको छ।
सर्लाहीको दक्षिणी सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिका-७, दुलवा मुसहर टोलका पाँच घर मुसहरका लागि पक्की घर निर्माण हुने भएको छ ।
इनरुवा, जेठ ३ गते। साहित्य र पत्रकारिता क्षेत्रमा विषेश योगदान गर्नुभएको भन्दै गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई अपन स्वर्ग नेपालले वार्षिक उत्सव कार्यक्रममा सम्मान गरेको छ।कोशी प्रदेशका विभिन्न विधामा विशिष्ट योगदान गर्ने व्यक्तिलाई सम्मान गर्ने क्रममा यादवलाई सम्मान गरेको हो।वार्षिक उत्सव कार्यक्रममा कोशी प्रदेशमा रहेर नेपाली साहित्य र कालाकारितामा विशेष योगदान गर्दै आउनुभएका भरत गुरागाईलाई तारा सम्मानबाट सम्मानित गरेको छ।अपन स्वर्ग नेपालले राष्ट्रिय तारा सम्मानबाट साहित्यकार भरत गुरागाई, मैथिली चलचित्रकर्मी संघका अध्यक्ष सन्तोष सरकार र सुनसरी जिल्ला आदालत नेपाल बार एसोसिएसन इकाईका कोषाध्यक्ष एवम् संस्थाका सल्लाहकार विद्धवान अधिवक्ता पंञ्चदेव मेहतालाई सम्मानित गरेको हो।मंगलबार संस्थाको वार्षिक उत्सव कार्यक्रममा ज्येष्ठ नागरिक सम्मानबाट साहित्यकार गोपाल कोइराला (त्यागी), प्रमानन्द मेहता, दरपी पण्डित, पूर्व डिआईजी ऐनवीर जङ्ग राणा, सुनरवती मेहता सतिहलाई सम्मान गरेको संस्थाका अध्यक्ष झोटन मेहताले जानकारी दिनुभयो ।वर्णमाला दैनिकका राजेन्द्र पोख्रेल, आवर सुनसरीका गणेश यादव, प्रतिक्षण दैनिकका इकबाल अन्सारी, सत्य संसारका सुरेन्द्र कुशवाहा मेहता, ब्लाष्ट टाइम्स दैनिकका अमर काफ्ले सहितलाई सम्मान गरेको छ।उहाँका अनुसार सल्लाहकार एसएन मेहतासहित ५० जना विशिष्ट व्यक्तिहरुलाई विभिन्न विधाको सम्मानबाट सम्मान गरिएको छ।वार्षिक उत्सव कार्यक्रममा नेपाली, मैथली, थारु र भोजपुरी तथा उराँव समुदायका कलाकार, साहित्यकार, चलचित्रकर्मी तथा कविलाई सम्मान गरिएको छ । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे हुनुहुन्थ्यो।
१५औं संस्करणको सहिद भिमनारायण गोल्डकप फुटबलको उपाधि प्लानिङ ब्वाइज क्लब काठमाडौंले जितेको छ । धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा मंगलबार भएको फाइनल खेलमा प्लानिङ ब्वाइजले वीरगञ्ज युनाइटेड क्लबलाई ४-० गोलले हरायो ।
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सात अर्ब ३९ करोड ४० लाख ११ हजार ७१८ रुपियाँ राजस्व सङ्कलन गरेर ७०.९६ प्रतिशत प्रगति हासिल गरेको छ ।
बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जैसवालसहित आठ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कमला जलाधार संरक्षण अभियानद्वारा आयोजना गरिएको उक्त सम्मेलनले नदी संरक्षण अभियानका लागि अभियन्तालाई संगठित गरी अर्जुन यादवको नेतृत्वमा १८ सदस्य जिल्ला स्तरिय अभियान कमिटी गठन गरेको हो ।
१६औं कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता जेठ २१ देखि २४ गतेसम्म हुने भएको छ । शसस्त्र प्रहरी बलको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० स्पर्धा समावेश गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।