सदरमुकाम गाईघाटमा बनाउन थालिएको अत्याधुनिक सुविधा सम्पन्न बसपार्क निर्माणको काम अलपत्र परेको छ । कोशी प्रदेशकै नमुना बसपार्क निर्माण गर्न भनेर २०७६ सालमै सम्झौता गरिए पनि निर्माण कम्पनीको चरम लापरबाहीले त्रियुगा बसपार्क अलपत्र परेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार संयुक्त अरब इमिरेट्सको दुबई पुग्नुभएको छ ।
सौन्दर्यकी रानीका रूपमा लिइने रारा तालमा जोखिमपूर्ण रूपमा पर्यटकले डुङ्गा यात्रा गर्ने गरेका छन्। उनीहरूले लगाउने लाइफ ज्याकेट ज्यादै पुराना र च्यातिएका छन्। रारा ताल घुम्न चितवनबाट आएका र्याप्टिङ गाइड सुकबहादुर गुरुङका अनुसार रारा तालमा डुङ्गा यात्रा गर्नेले ज्यानको जोखिम मोल्नुपर्ने अवस्था रहेको छ । यात्रुले प्रयोग गर्ने लाइफ ज्याकेट पुराना र थोत्रा रहेको, १० जना क्षमताको डुङ्गामा १४ देखि १६ जनासम्म राखिने गरेको छ । पुराना र च्यातिएका लाइफ ज्याकेटले दुर्घटनामा सुरक्षाको कुनै प्रत्याभूति नदिने र डुङ्गाको क्षमताभन्दा बढी यात्रु राखिनाले कुनै पनि बेला दुर्घटना हुने सक्ने चेतावनी गाइड गुरुङले दिनुभयो ।
हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यही कारण देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार जाने सडक वर्षौंदेखि अलपत्र परेको छ । मङ्गलगढी चोकदेखि लाटीकोइलीको शिव मन्दिरसम्मको सडक स्तरोन्नति नहुँदा स्थानीय नागरिकले सास्ती बेहोर्नु परेको छ । लाटीकोइली क्षेत्रका नागरिकका साथै काँक्रेविहार पुग्ने पर्यटकले सास्ती भोग्दै आएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अटोरिक्साले मनपरी भाडा असुल्दै आएका छन् । संयुक्त यातायात व्यवसायीले वीरेन्द्रनगरमा सञ्चालन गरेको नगर बसले यात्रुलाई केही सहज भएको थियो । स्थानीय जुनकला सिंहका अनुसार नगर बसले धुलियाबिटदेखि २० रुपियाँमा प्रदेश अस्पताल पु¥याउँथ्यो । अहिले अटोमा जाँदा कम्तीमा तीन सय रुपियाँ तिर्नु पर्छ । त्यही पनि मनपरी छ ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकार तथा सङ्घीय सरकारका विभिन्न मन्त्रालयबाट काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन हुने विभिन्न योजनाको काम सुरु भएको छ । वर्षायाम तथा दसैँ, तिहारलगायतका महत्त्वपूर्ण चाडपर्व सकिएसँगै विकास योजनाका काम अगाडि बढेका हुन् ।
सुन्तलाको उत्पादन हुने समयको सुरुआतीमा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछि उनीहरु उत्साहित भएका हुन । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले राम्रो मूल्य पाएको बताउनुहुन्छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका प्राकृतिक स्रोतसाधनका हिसाबले जिल्लामै सम्पन्न पालिका हो । यहाँ जलविद्युत्, पर्यटन र कृषिको ठुलो सम्भावना छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यस पालिकामा विश्वचर्चित पर्यटकीय स्थल छन् । ४२ मेगावाटको मिस्त्री खोला, १४ मेगावाटको घार खोला र पाँच मेगावाट क्षमताको घलेम्ली खोला जलविद्युत् आयोजना सम्पन्न भइसकेका छन् । तीन वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् भने १८० मेगावाट क्षमताको कालीगण्डकी
जिल्ला सदरमुकाम तानसेनमा रहेको पाल्पा दरबार सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पाल्पा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा सङ्ग्रहालय बनेको हो । सङ्ग्रहालयभित्र राखिएका विभिन्न ऐतिहासिक सामग्रीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ । दैनिक तीन सयदेखि सात सय पर्यटक अवलोकनका लागि आउने गरेको सङ्ग्रहालयका कर्मचारी बताउँछन्।
बाजुराका विभिन्न ठाउँमा रहेका तत्कालीन राजाका दरबार (कोटघर) जीर्ण बन्दै गएका छन् । बाइसे चौबिसे राजाको पालामा निर्माण गरिएका दरबार (कोटघर) मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका हुन् । तत्कालीन राजा मुकुद्रबहादुर सिंहको पालादेखि निर्माण गरिएको बुढीगङ्गा नगरपालिका–१, कुडीकोट दरबार पछिल्लो पुस्ताको बेवास्ताका कारण जीर्ण बन्दै गएको स्थानीय बुद्धिजीवी जहरसिंह थापाले बताउनुभयो ।
सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित हुनुभयो । त्यसपछि उहाँले राजनीतिमा मन लगाउनु भएन । रेग्मीको मन वैदेशीक रोजगारतर्फ मोडियो । उता पनि खासै जम्न नसकेपछि उहाँ स्वदेश नै फर्किनुभयो ।
धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोबास रहेका आठपहरिया समुदाय यतिबेला वाडाङ्मेट मनाउन व्यस्त छन् । आठपहरिया राईको वर्षभरिमा परेको मृत्यु शोकबाट उकास्ने यो एक मात्र पर्व हो । यही पर्वमा परिवारका सदस्य थपिएको खुसियालीमा हर्कबढाइँसमेत हुने गरेको छ ।
देशकै पहिलो र प्रतिष्ठित त्रिभुवन विश्वविद्याय(त्रिवि)को कतिपय केन्द्रीय विभागमा अति न्यून विद्यार्थी मात्र अध्ययनका निम्ति भर्ना हुन थालेको विषयले गम्भीर बनाएको छ । समकालीन नेपालको सबैजसो राजनीतिक नेताहरू त्रिविकै उत्पादक हुन् । विधायकदेखि राज्यका तीनै अङ्गमा यसै विश्वविद्यालयबाट दीक्षितकै लभग