बाँकेको राप्तीसोनारी गाउँपालिका वडा २ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि सो क्षेत्रका ६० हजार बढी सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेभएका छन् ।
खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका २३ जना शिक्षक ताप्लेजुङका लागि सिफारिस भएका छन्। विज्ञान, गणितलगायत विषयका उक्त सङ्ख्यामा शिक्षकहरू स्थायी नियुक्तिका लागि ताप्लेजुङमा सिफारिस भएका हुन्।
इन्टरपोलद्वारा आयोजित ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ्ग पोलिस लिडर्स’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ ।
निर्वाचन व्यवस्थापन विधेयक २०८० छिटो पारित गर्न सरोकारवाला पक्षले माग गर्नुभएको छ । अवको एक वर्षमा सो विधेयक संसदबाट पारित भइ कानुन नबनेमा आगामी निर्वाचन नयाँ व्यवस्थाअनुसार गर्न सम्भव नहुने उहाँहरुको बुझाइ छ ।
बागमती प्रदेशको राजधानी हेटौँडामा बुधबारदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकाश परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
लुम्बिनी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत स्थापना गरेर सञ्चालनमा आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले आफ्ना पहिलो वर्षका पहिलो ब्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।
दयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवम् प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्त्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या धेरै रहेको पाइएको छ । भूकम्पपछि प्रभावित क्षेत्रमा विभिन्न सङ्घसंस्थाको सहयोग तथा नगरपालिकाको समन्वयमा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको थियो । उक्त क्रममा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या धेरै देखिएको हो ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले समाजमा सबै धर्मको सम्मान आवश्यक भएको बताउनुभएको छ । सधैँ धर्मका मानिस मिलेर बसेमात्र समाज रूपान्तरण हुने उहाँको भनाइ छ ।
महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकबाट राजनीतिक दस्ताबेजको प्रस्तावना पारित गरिएको छ ।
गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले चेतावनी दिएको छ ।
कालीकोटको पचालझरना गाउँपालिमा सञ्चालन गरिएको एकीकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविरबाट नौ सय ७० ले सेवा लिएका छन् ।
धनगढी उपमहानगरले ‘नमस्ते मेयर एप’ सञ्चालनमा ल्याएपछि जनगुनासो आउनेक्रम बढेको छ । उपमहानगरले २०८० वैशाख महिनादेखि नगरवासीका गुनासो लिने र सम्बोधन गर्न सुरु गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गर्नुभएको छ।
फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार ४ गते भएको फैसलाको कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ ।