भारतले जी–२० को अध्यक्षता सम्हालेको आज ३६५ दिन पूरा भएको छ । वसुधैव कुटुम्बकम ‘एक पृथ्वी, एक परिवार, एक भविष्य’ भावलाई प्रतिविम्बित गर्ने, पुनः वचनबद्ध गर्ने र पुनर्जीवित गर्ने क्षण हो यो । गत साल हामीले यो जिम्मेवारी लिँदै गर्दा बहुपक्षीय चुनौतीसँग जुझिरहेको एक खाले विश्वव्यापी परिदृश्य हाम्रो सामुन्ने थियो । घट्दो बहुपक्षवादबिच एउटा भिन्नै खाले अवस्था सिर्जना भएको थियो जस्तै कोभिड–१९ महामारीबाट उन्मुक्ति पाउँदै गरेको वैश्विक परिदृश्य, जलवायु परिवर्तनले निम्त्याउँदै गरेको सङ्कट, आर्थिक अस्थिरता र विकासशील राष्ट्रले भोग्नु परेको ऋण सङ्कट । झगडा र प्रतिस्पर्धाले गर्दा विकास सहकार्य निकै मारमा प¥यो र जसका कारण प्रगति हासिल गर्न सकिएन ।
सञ्चार भनेको के हो ? मानिसका अनुभूति, विचार र जीवन भोगाइ आदिलाई अरू मानिससमक्ष अभिव्यक्त गर्नु सञ्चार हो । आदिम मानवको उदयसँगै विस्तार भएको सञ्चार हरेक सम्बन्धको जग हो । मूल्यमान्यता पनि हो । जस्तो कि ढुङ्गालाई माटोको भर, माटोलाई ढुङ्गाको भर । सञ्चार प्रक्रियामा सूचना लिने दिने मात्र गरिँदैन त्यस क्रममा सन्देशको साझेदारी भइरहेको हुन्छ । सञ्चार गर्दा प्रयोग हुने प्रविधि वा साधनलाई माध्यम भनिन्छ । त्यो माध्यम भनेको मिडिया हो ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका शिक्षक, जनप्रतिनिधि र अभिभावकलाई लक्षित गर्दै लैङ्गिक समानता र सुरक्षा प्रवर्धनका लागि तालिम दिइएको छ ।
स्पेनी जनता मुलुक टुक्रिने हो कि भन्ने चिन्तामा छन् । सत्ता स्वार्थका लागि सरकारले क्याटलोनियाका पृथकतावादी नेता तथा अधिकारकर्मीलाई आममाफी दिने तयारी गरेसँगै जनता त्यसको विरोधमा उत्रेका हुन् । क्याटलोनियाको विषयलाई लिएर जनता सडक प्रदर्शनमा छन् । उनीहरूले क्याटलोनियाका पृथकतावादी र अधिकारकर्मीका लागि प्रस्तावित आममाफीसम्बन्धी कानुन नल्याउन सरकारविरुद्ध खबरदारी गरिरहेका छन् । राजधानी म्याड्रिडलगायतका सहरमा विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शनकारीले नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजप्रति आक्रोश व्यक्त गर्दै उहाँलाई जेल हाल्न माग गरेका छन् । समाजवादी नेता सान्चेज हालै स्पे
नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् ।
राजनीतिक दलले राजनीतिक क्षेत्रलाई मात्र प्राथमिकता नदिई आर्थिक क्षेत्रलाई पनि विशेष प्राथमिकता दिई अर्थतन्त्रको विकासलाई गम्भीर बहसको विषय बनाउनु पर्छ । आमजनताको चासोको विषय भनेको दलले लिने आर्थिक नीतिमा नै केन्द्रित हुन्छ । त्यसैले आर्थिक विकासका लागि राम्रो नीति अगाडि सारेर आमजनताको विश्वास जित्न सक्ने बलियो आधार तयार गर्दै देश र जनताको उज्ज्वल भविष्यको सुनिश्चिततामा विशेष जोड दिनु पर्छ । सफल आर्थिक विकासका लागि अध्यय
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई क्षतिपूर्ति सहितको अधिकार चाहिएको बताउनुभयो । उहाँले भन्नुभयो कर्णाली प्रदेश पछि परेको होइन, पछि पारिएको प्रदेश भएकाले विशेष अधिकार पाउनुपर्छ । ठुलो र विकट भूगोल भएको कर्णालीमा जनसङ्ख्याको आधारमा बजेट विनियोजन हुनु राम्रो होइन । कर्णालीमा बजेटमा क्षतिपूर्ति सहितको सङ्घ सरकारले विशेष कार्यक्रम ल्याएर विकास गरिनुपर्दछ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र संयुक्त राष्ट्रसङ्घ खाद्य तथा कृषि सङ्गठन (एफएओ) नेपालले संयुक्त रूपमा अन्तर्राष्ट्रिय कोदो गोष्ठी एवं बृहत् कोदो प्रदर्शनी काठमाडौँमा गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३ को सन्दर्भमा पुस २ गते बृहत् कोदोजन्य बालीसम्बन्धी प्रदर्शनी तथा गोष्ठीको आयोजना हुन लागेको एफएओ नेपालका कार्यक्रमविज्ञ अरुण जिसीले जानकारी गराउनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषि क्षेत्रमा समुदायमा आधारित उत्पादन मोडेल अपनाउने बताउनुभएको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले सरकारी
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण कर्णाली उज्यालो पार्ने अभियानमा जुटेको बताउनुभएको छ । कार्यकारी निर्देशक घिसिङसहितको टोलीले कर्णालीमा विद्युत् क्षेत्रमा गरिरहेको काम र आगामी योजनाका बारेमा जुम्लामा बोल्दै प्राथमिकतामा राखेको जनाइएको हो । जुम्ला पुगेर कार्यकारी निर्देशक घिसिङले कोहलपुर, सुर्खेत, दैलेख, कालीकोट हँुदै जुम्लासम्मको १३२ केभी क्षमताको विद्युत् प्रसारण लाइन अगाडि बढाइएको पनि जनाउनुभयो ।
सरकारले चालु आर्थिक वर्षको चार महिनामा ८१ अर्ब रुपियाँभन्दा बढी ऋण तिरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कात्तिकसम्म सरकारले ८१ अर्ब ६४ करोड रुपियाँ बराबर ऋणको साँवा तथा ब्याज भुक्तानी गरेको हो । यसमध्ये सरकारले आन्तरिक ऋणबापतको ६५ अर्ब ४५ करोड रुपियाँ भुक्तान गरेको छ । भुक्तान भएमध्ये ४२ अर्ब ८४ करोड रुपियाँ साँवा र २२ अर्ब ६१ करोड रुपियाँ ब्याज रहेको छ ।
स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेर प्रतितोला एक लाख १९ हजार तीन सय रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । मङ्गलबार प्रतितोला एक लाख १७ हजार सात सय रुपियाँ रहेको सुनको मूल्य बुधबार तोलामा एक हजार छ सय रुपियाँले बढेर एक लाख १९ हजार तीन रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको हो । वैदेशिक रोजगार विभाग इपिएस शाखाका अनुसार दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताउनुभयो ।
रङ्गकर्मी विमल सुवेदीले थाइल्यान्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्डमा मोस्ट कियटिभ डिरेक्टरको अवार्ड प्राप्त गर्नुभएको छ । इ प्लानेट इन्टरनेसनल सिङ्गापुर र थाइल्यान्डले आयोजना गरेको अवार्डका लागि संसारभरका ३० भन्दा बढी देशबाट आठ हजार ९७० दाबेदार थिए । सबैलाई उछिन्दै विमलले सो अवार्ड हात पार्नुभएको हो । केन्याका राजदूतश्री लिन्ड्से किमवलकिपतिनेस र मङ्गोलिया राजदूतावासका प्रतिनिधिले संयुक्त रूपमा विमल सुवेदीलाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो ।
नाटक ‘काल’ को मञ्चन सुरु भएको छ । काल अर्थात् मृत्यु र समयचक्र । नाटकले दुवैलाई छुने प्रयास गरेको छ । नाटक एक सामाजिक कथा हो, जुन कथाभित्र दर्शकले कहीँ न कहीँ आफैँलाई पाउँछन् । नाटकले विश्व परिवेशमा देखा परेको आर्थिक मन्दीलगायत प्राकृतिक तथा सामाजिक कारणले मनोवैज्ञानिक रोगको सिकार भएका व्यक्ति जो आफूलाई दुर्बल ठानेर आत्महत्याको बाटो रोजिरहेका छन्, उनीहरूको मनोवैज्ञानिक उपचारको वकालत गर्छ । नाटकलाई नाट्य विधाका रूप दिएर प्रस्तुत गरिएको छ । जहाँ भनिएको छ, मृत्यु रोज्ने मान्छेको मृत्यु खोज्ने जागिर ।