बुधबार दिउँसो कर्णाली नदीको मध्यभागमा केही मानिस बचाउबचाउ भनेर रोइ कराइरहेका थिए । त्यही बेला सशस्त्र प्रहरी बलका डुङ्गामा (मोटर वोट) रहेका विभिन्न खालका टोली उद्धारका लागि दौडिए । त्यही रेडक्रसको टोली पनि प्रारम्भिक उपचारका लागि पुग्यो ।
पार्टीका संस्थापक रेशमलाल चौधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको आदेश आएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उन्मुक्ति पार्टीले असन्तुष्टि जनाएको हो ।
आज (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको हो ।
तारकेश्वर नगरपालिका वडा नं ११ को शेषमती पुल क्षेत्रमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सिरि‘ए’ प्रतिद्वन्द्वी एसी मिलानलाई हराउँदै इन्टर मिलान युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको मिलान डर्बीमा इन्टरले एसी मिलानलाई १-० गोलले हरायो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुसिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताउनुभएको छ ।
नेपाल दक्षिण एसियाकै ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मंगलबार गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको हो ।
नियमित शारीरिक परीक्षण र औषधि सेवन गरेमा उच्च रक्तचापले अरू समस्या नल्याउने चिकित्सकहरूले बताउनुभएको छ ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेताको जायज सपना पुरा गर्नुपर्ने बताउनुभयो। बुधबार काठमाडौंमा आयोजित ३१ औँ मदन–आश्रित स्मृति कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
पछिल्लो समयमा सामाजिक सेवातर्फ विद्यार्थीहरूमा चासो घटेको भन्दै स्वयं सेवाका लागि स्काउट सदस्य बढाउन थालिएको छ ।
चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन भएको आरोप धार्मिक स्वतन्त्रतासम्बन्धी एक अमेरिकी प्रतिवेदनमा लगाइएको छ ।
पार्क व्यवस्थापनमा रहेका नीतिगत र कानुनी जटिलताको समाधान खोज्ने गरी स्पष्ट कानुन बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा दुई दिने पार्क सम्मेलन आयोजना हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै नेपाल विश्वविद्यालय विधेयक ल्याइएको बताउनुभएको छ ।
महोत्तरी जिल्लाका स्थानीय निकायका प्रमुखहरूले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ लाई संशोधन गर्न माग गरेको छ ।