• २८ वैशाख २०८२, आइतबार

लैङ्गिक समानता तथा सुरक्षा प्रवर्धनका लागि तालिम

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, मङ्सिर १४ गते ।  सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका शिक्षक, जनप्रतिनिधि र अभिभावकलाई लक्षित गर्दै लैङ्गिक समानता र सुरक्षा प्रवर्धनका लागि तालिम दिइएको छ । 

चाइल्ड फन्ड जापान र चाइल्ड फन्ड कोरियाको आर्थिक सहयोग टुकी सङ्घको आयोजना र सुनकोशी गाउँपालिकाको समन्वयमा १३ वटा विद्यालयका शिक्षक, वडा सदस्य र अभिभावक गरी ४८ जनालाई प्रशिक्षण दिइएको हो । 

टुकी सङ्घ सुनकोशीका परियोजनाका तालिम संयोजकसमेत रहेका नवराज पराजुलीका अनुसार मङ्सिर ६ देखि ८ सम्म पहिलो र ११ देखि बुधबारसम्म दोस्रो प्याकेजको तालिम दिइएको थियो । 

विद्यालयमा लैङ्गिक हिंसा रोकथामका लागि विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घका प्रतिनिधिलाई तालिम दिइएको हो ।

तालिमको उद्देश्य लैङ्गिक समानता र गुणस्तरीय शिक्षाको प्रवर्धन गरी विद्यालय सुरक्षा, हिंसा र विभेदरहित वातावरण सिर्जना गर्ने तथा गुनासो सुनवाइ गरी कार्यान्वयन 

गर्नेलगायतका छन् । टुकी सङ्घ सुनकोशीका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले शैक्षिक सुधारका लागि लैङ्गिक हिंसा रोकथाम गर्न अत्यावश्यक रहेको बताउनुभयो ।