काभ्रेपलान्चोकको रोशी गाउँपालिका –११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका लागि ज्यानकै बाजी राखेर आन्दोलनमा होमिने एक भद्र र जुझारु व्यक्तित्वका रूपमा राष्ट्रिय राजनीतिमा आफ्नो परिचय बनाउनुभएको छ । गत निर्वाचनमा सिन्धुलीबाट प्रदेश सभा सदस्य निर्वाचित उहाँ बागमती प्रदेशको मन्त्रीका हैसियतले समग्र शान्ति सुरक्षा र कानुन कार्यान्वयनको जिम्मेवारीमा रहनुभएको छ ।
फ्रान्स सरकारले धूमपानविरोधी नयाँ योजना ल्याएको छ । यस योजनाले देशमा धूमपान गर्नेहरूको सङ्ख्या घटाउने लक्ष्य राखेको छ ।
बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो ।
निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो ।
अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा बुधबार निधन भएको उहाँको परामर्श संस्थाले बताएको छ ।
राजनीतिक खिचातानी र जनप्रतिनिधिबीचमै मनमुटाव हुँदा गाउँपालिकाले असार मसान्तमै सम्पन्न गर्नुपर्ने गाउँसभा अझै गर्न सकेको छैन ।
नेपाल भाषाको पुस्तक समाजया किपा नामक पुस्तक विमोचन भएको छ । बुधबार ललितपुरको पुल्चोकस्थित एम्बिन्यसको प्रेक्षालयमा नानीमैयाँ श्रेष्ठको दोश्रो कृतिका रुपमा सो पुस्तक विमोचन भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बालविवाह रोक्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
मोरङको पथरीशनिश्चरे १० शिविरडाँडाबाट शनिश्चरे बजार-गान्धी आश्रम हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग स्थानीय उपभोक्ताले बन्द गरेका छन्।
नेपाल पर्वतारोहण सङ्घले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौँ संस्करणको उक्त महोत्सव मङ्सिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातो पैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो ।
आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरा पालन व्यवसाय सुरु गरिएको छ । ग्रामीण क्षेत्रका धेरै बालबालिका खर्च अभावमा नियमित विद्यालय जान नसक्ने बाध्यताको अन्त्य गर्न यस विद्यालयले विद्यार्थी पढ्ने कार्यसँगै कमाउने अवसर दिन कुखुरा पालन व्यवसाय सुरु गरेको हो ।
काठमाडौँ, मङ्सिर १४ गते। क्यान्सर विरुद्धको अन्तर्राष्ट्रिय “नो सेभ नोभेम्बर“ अभियानलाई समर्थन गर्न फेसन सो आयोजना गरिएको छ । सेलिब्रेटी, सामाजिक कार्यकर्ता, डाक्टर, क्यान्सर पीडित र विभिन्न पेसाकर्मीद्वारा र्याम्प प्रस्तुत मार्फत प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर र फोक्सोको क्यान्सरबारे जनचेतना जगाउन उक्त फेशन सो गरिएको हो । फेसन एन्ड फाउन्डेसन र फेसन नेटवर्क नेपाल (एफएनएन) ले ‘नो सेभ नोभेम्बर – फेशन फर कज २०२३’ कार्यक्रमको आयोजना गरेको हो । तस्विर :सागर बस्नेत
राष्ट्रियसभाका सांसद दिलकुमारी रावल थापा ‘पार्वती’लाई सांसदले योजनाका फाइल बोकेर मन्त्रालयपिच्छे बजेट माग्न धाउने परिपाटीको अन्त्य गर्नुपर्छ भन्ने लागेको छ