नेपाली सेनाको आयोजनामा दोस्रो रनिङ शिल्ड तथा सैनिक प्रदर्शन, २०८० सम्पन्न भएको छ । यही मङ्सिर ९ गतेदेखि १२ गतेसम्म सेनाको बज्रदल गणले बाँके र बर्दियाका १७ विद्यालयका विद्यार्थीका लागि लक्षित गरी यहाँ प्रदर्शनी आयोजना गरेको थियो ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखा उपचारका लागि ‘ग्रामीण आँखा केन्द्र’ सञ्चालनमा आउनेभएको छ । राप्तीसोनारी गाउँपालिका र नेपाल आँखा कार्यक्रम–तिलगङ्गा आँखा प्रतिष्ठानबिच आँखा केन्द्र सञ्चालन गर्ने सम्झौता भएसँगै राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा आँखा केन्द्र सञ्चालनमा आउनेभएको हो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ। भाडाको घरमा वडा कार्यालय सञ्चालन गर्दै आएको खोक्लिङले आफ्नै भवन निर्माण सम्पन्न भएसँगै सेवा प्रवाह गर्न सुरु गरेको हो।
कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपत्कालीन स्थिति विभागले जनाएको छ ।
कोप–२८ मा सहभागी हुन युएई आइपुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण गर्नुभएको छ ।
सीपमूलक तालिम लिएसँगै भोजपुरका महिला आत्मनिर्भर बन्न थालेका छन् । रामप्रसादराई गाउँपालिका-८ खोक्सिकले आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम दिएसँगै उनीहरु स्वरोजगार बनेका हुन् ।
दाङमा जिल्ला प्रशासन कार्यालयमार्फत ५४ वर्षको अवधिमा पाँच लाखभन्दा बढीले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयबाट मात्र जिल्लाका ५ लाख २ हजार ५ सय ३९ जनाले नेपाली नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।
सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।पार्टीको ६९ औँ केन्द्रीय सचिवालय बैठक यही मङ्सिर १८ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा निकुञ्जले आठ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । निकुञ्जले बिहीबार पत्रकार सम्ममेलनको आयोजना गरी जानकारी गराएको हो ।
बिहीबार दिउँसो मकवानपुर गढी गाउँपालिका २ धवाडीपुलस्थित भित्री सडक खण्डमा सुकौराबाट कान्ति लोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नं.को मोटरसाइकल दुर्घटनामा आमाछोरीको मृत्यु भएको हो ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाले अभियान सुरु गरेको छ । अहिले गाउँपालिकाको सबै वडामा विद्युत् सेवा पुर्याउने गरी काम भइरहेको छ । राक्सिराङको खैराङ, काँकडा, दाम्राङलगायतका क्षेत्रमा विद्युत् सेवा पुग्न बाँकी छ ।
नवलपुरमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान २०८० को अवसरमा सचेतनामूलक कार्यक्रम गरिएको छ ।
बाजुराको पूर्वी-उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीको उचित अभ्यास नहुँदा देशमा अराजकता र अस्थिरता बढेकाले त्यसलाई रोक्न सङ्कल्प यात्रा गर्नुपरेको बताउनुभएको छ ।