नेपालमा सङ्घीयतापछि हाल तीन तहको सरकार छ । विसं २०४६ को जनआन्दोलनपश्चात् त्यतिबेलाको बहुदलीय व्यवस्थामा यस्तै तीन तहको स्वास्थ्यको संरचना नै थियो । विसं २०५०–५१ तिर तत्कालीन सरकारले प्रत्येक गाउँ विकास समितिहरूमा एकवटा उप–स्वास्थ्य चौकी स्थापना गरी स्वास्थ्य सेवा आमनागरिकको घर दैलोमा पु¥याउने नी
डायस्पोराभित्र एक अवस्था र विषय मात्र अवस्थित हुँदैन । विश्वमा आएका युद्ध, दैविक प्राकृतिक प्रकोप, राजनीतिक, आर्थिक, सामाजिक आदि परिवर्तनले डायस्पोरा निर्माणमा तीव्रता दिएको छ । परम्परागत, वंशानुगत र प्राकृतिक आत्मीय सहजताबाट पृथक् रहेर नयाँ भूगोलमा त्यहाँको स्थापित विविधतामा आफूलाई सहभागी गराई अनेक चुनौतीको सामनाबाट परिष्कृत पहिचान र भविष्य निर्माण प्रक्रियालाई डायस्पोराको मान्यतामा परिभाषित गर्ने गरिन्छ । आफ्नो अंश र वंशको हक
बागमती प्रदेशको सत्ता साझेदार दलबीच मन्त्रीपरिषद् विस्तारमा सहमति भएको छ। सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकपछि सरकार विस्तार गर्ने विषयमा सहमति जुटेको हो। बजेट बनाउने समय आइसक्दासमेत सरकारले पूर्णता नपाएपछि दबाबमा परेको नेकपा माओवादी केन्द्र नेतृत्वमा रहेको बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल सकसमा पर्दै आउनुभएको थियो।
लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गतको करिब ३० किलोमिटर मुडे–चरीकोट सडकखण्ड कालोपत्रे सुरु भएको छ। दुई वर्षमा नै निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा मुढे–चरीकोटसम्म २७ किलोमिटर सडक सकिला हेदर, शङ्करमाली, सुनौलो खिम्ती जेभी ठेकेदार कम्पनीले जिम्मा लिएको थियो। निर्माण कम्पनीले सम्झौताबमोजिम काम नगरेपछि पटक पटक समय थप गरिँदै आएको थियो।
जनक शिक्षा सामग्री केन्द्रको भरतपुरमा रहेको बागमती प्रदेश कार्यालयमा अङ्ग्रेजी माध्यमका पुस्तक ढिलो आएपछि बिक्री नभई गोदाममा थन्किएका छन्। कक्षा ६ र ७ को अङ्ग्रेजी माध्यमको पुस्तक ढिलो गरी आएपछि बिक्री नभएर गोदाममा थन्किएको जनक शिक्षा सामग्री केन्द्र, बागमती प्रदेश कार्यालय भरतपुरका प्रमुख तोयनाथ खतिवडाले जानकारी दिनुभयो। “विगतको तुलनामा यो वर्ष पुस्तक चाँडै आएकाले बिक्री बढेको छ।
दोलखाको सैलुङ गाउँपालिका–३ बोथ्लेमा निर्मित करोडौँको शीत भण्डार सञ्चालनमा आउन नसक्दा प्रयोगविहीन बनेको छ ।
हुलाकी राजमार्गअन्तर्गतका एकदशक पुराना पुल नयाँ ठेक्कामार्फत निर्माण सम्पन्न गर्न लागिएका छन् । कमला, वाग्मतीलगायतका नदीमाथि बनेका पुल लामो समय अवरुद्ध रहेको पुल निर्माण नयाँ ठेक्कामार्फत अघि बढाइरहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले कृषिको उत्पादकत्व र उत्पादनमा वृद्धि गरी देशलाई आत्मनिर्भरतर्फ लैजाने बताउनुभएको छ। सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै उहाँले तीनै तहका सरकारबिचको समन्वयमा सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने बताउनु भएको छ। एकीकृत राष्ट्रिय अनुदानसम्बन्धी कानुन एवं कृषि अनुसन्धान नीति तर्जुमा गरिने उल्लेख गर्दै उहाँले बिउबिजनमा आत्मनिर्भर बनाइने बताउनुभयो।
सरकारले आगामी दुई वर्षभित्र पाँच लाखलाई थप आन्तरिक रोजगारी सिर्जना गर्न निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सिप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सङ्घीय संसद्मा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा सो घोषणा गर्नुभएको हो। उहाँले श्रम बजारको माग अनुसारको सिपयुक्त मानव संसाधन उत्पादनका लागि सरकारी तालिम प्रदायक संस्थाहरूलाई एकीकरण गरी राष्ट्रिय प्राविधिक तथा व्यावसायिक प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने पनि घोषणा गर्नुभयो।
ठेक्का सम्झौता भएर लामो समयसम्म प्रगति हुन नसकेको तनहुँको भानु नगरपालिकास्थित भानु मार्गको काम पुनः सुरु भएको छ । पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काम ढिलासुस्ती भएको उक्त खण्डमा पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेपछि काम पुनः सुरु भएको हो । कार्यालयले केही समय अगाडि कारबाहीस्वरुप स्पष्टीकरण सोधेको थियो । लगत्तै निर्माण कम्पनीले कामलाई अगाडि बढाएको छ । भानु नगरपालिका–१३ चन्द्रावती, पोखरीछाप, ठूल्ढुङ्गा दश किलोमिटर सडकखण्डको कालोपत्र ढिलाइ हुँदा सर्वसाधारणलाई सास्ती हुँदै आएको छ ।
सरकारले इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन वा अन्य कारोबारलाई करको दायरामा ल्याई नियमन गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आव २०८०–०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा गर्नुभएको हो।
सरकारले नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गर्ने योजना बनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा नयाँ मुलुकसँग हवाई सम्झौता गर्ने घोषणा गरिएको हो ।
तिलङ्गा आँखा अस्पतालबाट उत्पादित लेन्सलाई विश्वबजारमा ‘ब्राण्डिङग’ गरिने भएको छ।
दोस्रो प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिताको उपाधि अभिषेक बास्तोलाले जित्नुभएको छ । जङ्गी अड्डास्थित टेनिस कोर्टमा शुक्रबार सम्पन्न फाइनलमा पुरुष एकलतर्फ बास्तोला विजयी हुनुभएको हो ।