राष्ट्रिय कृषिगणना २०७८ अनुसार कृषिमा आबद्ध ६२ प्रतिशत घर परिवारमध्ये लैङ्गिक स्वामित्वको आधारमा कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले बताएको छ।
बडिगाड गाउँपालिका-५ ग्वालिचौरका ६० वर्षीय मेहरसिंह पाइजाले २०५८ सालमा काठमाडौँबाट पाँच वटा किबीका बिरुवा ल्याउनुअघि यसबारे यहाँ कमैलाई जानकारी थियो । साबिक धौलागिरि अञ्चलमा पहिलो पटक किबी भित्र्याएर यसको खेती सुरु गर्नुभएका पाइजा यतिबेला भने धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।
तनहुँमा बाँझिएको खेती योग्य जमिनको उपयोग गर्दै घाँस खेतीबाट आम्दानी लिइने भएको छ।
नेपालगन्ज उपमहानगरपालिकाका सरसफाइकर्मीको पेसागत स्वास्थ्य तथा सुरक्षा निर्देशिकाको मस्यौदा बारेमा बिहीबार सुझाव सङ्कलन गरिएको छ ।
नेपालगन्जमा सडक दुर्घटना बढाउने मुख्य कारणका रूपमा देखिएको यात्रुवाहक सवारीसाधन विद्युतीय रिक्सा व्यवस्थापन गर्न कठिन भएको छ । नेपालगन्जका सडकमा जभाभावी रूपमा जहाँ त्यहीबाट विद्युतीय रिक्सा दौडिरहेको पाइन्छ ।
राष्ट्रव्यापी अन्तर स्थानीय तह भलिबल प्रतियोगिता प्युठानको माण्डवी गाउँपालिकामा सुरु भएको छ । प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको हो ।
बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना उत्कृष्ट फुटबल खेलाडीलाई यसै मङ्सिर महिनादेखि भत्ता उपलब्ध गराउने भएको हो ।
सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुले गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
मानव र समग्र प्राणी जगतको अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको महाभेला आजदेखि संयुक्त अरब इमिरेट्समा सुरु भएको छ ।
नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगामी महासमिति बैठकमा कुरा उठाउने बताउनुभएको छ ।
नवलपुरका स्थानीय तहका जनप्रतिनिधिले राष्ट्रपति चुरे–तराई –मधेश संरक्षण कार्यक्रम हटाउन माग गरेका छन् । स्थानीय विकास निर्माण, विपद् व्यवस्थापन, आन्तरिक स्रोत वृद्धिलगायत कार्यक्रममा अवरोध भएको भन्दै सो कार्यक्रम हटाउन माग गरेका हुन्।
टेस्ट टोली जिम्बावेलाई पछि पार्दै युगान्डा सन् २०२४ को टी–२० विश्वकपमा छनोट भएको छ । अफ्रिका महादेशीय छनोट अन्तर्गत नामिबियामा बिहीबार भएको खेलमा युगान्डाले रावान्डालाई नौ विकेटले हरायो ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन दुबईमा आजदेखि सुरु भएको छ । तेलको धनी आयोजक संयुक्त अरब इमिरेट्स (युएई) को गहन परीक्षाबिच राष्ट्रहरूले विश्वव्यापी तापक्रममा कारबाही अगाडि बढाउन जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा अन्त्य गर्न आग्रह गरेका छन् ।
जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि बाँकेको कोहलपुरबाट १२ क्विन्टल तरकारी सङ्कलन गरेर सहयोग स्वरूप पठाइएको छ। पीडितका लागि अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति बाँकेको पहलमा दैनिक रूपमा प्रयोग हुने तरकारी सङ्कलन गरेर राहतस्वरुप भूकम्प प्रभावित क्षेत्रमा पठाइएको हो।