प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेश सभाका विषयगत समिति सक्रिय बन्न सकिरहेका छैनन्। सभामुख नन्दा गुरुङले विषयगत समितिका सदस्य मनोनीत भइसके पनि समितिको नेतृत्व चयन हुन सकेको छैन। कर्णाली प्रदेश सभा नियमावलीबमोजिम संसद्को पहिलो बैठक बसेको तीन महिनाभित्र विषयगत समिति गठन भइसक्नु पर्छ। तथापि पहिलो बैठक बसेको चार महिना पुगेपछि विषयगत समितिका सदस्य मनोनीत भएका थिए तर अझै सो समितिले नेतृत्व पाउन सकेको छैन।
पूर्वी सुर्खेतको भेरीगङ्गामा निर्माण गरिएको चिस्यान केन्द्र विद्युत् अभावले बन्द भएको छ। दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र दुई वर्ष जेनतेन चलेको थियो। आर्थिक वर्ष २०७३/७४ देखि निर्माण सुरु गरिएको कोल्ड स्टोर आव २०७७/७८ बाट आंशिक सञ्चालनमा ल्याइएको थियो। तीन करोड लगानीमा निर्माण गरिएको चिस्यान केन्द्र विद्युत् आपूर्ति सहज नहुँदा बन्द भएको साना किसान कोल्ड स्टोरकी अध्यक्ष ज्ञानु भुसालले जानकारी दिनुभयो।
कर्णाली कोरिडोर अन्तर्गत खार्पुस्थित दोजाम कर्णाली नदीमा पक्की पुल निर्माणका लागि पिल्लरको जग खन्ने क्रममा तातोपानीको मूल निस्किएपछि काम प्रभावित भएको छ। हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–४ स्थित पुलको जग खन्दा आठ वटा तातोपानीको मूल निस्किएको छ। पुल निर्माणमा संलग्न स्वच्छन्द माउन्ट मेमोरी जेभीका स्थानीय प्रतिनिधि विजय लामाका अनुसार नदी किनारमा जग खन्ने क्रममा तानोपानीको मूल निस्किएपछि समस्या आएको छ। दुई वटा मेसिनले तातोपानी फाल्दा मेसिन नै जलेको थियो। दुवै मेसिन जलेपछि अर्को मेसिनबाट २० दिनदेखि तातोपानी फाल्ने काम मात्र गरिएको जनाइएको
मुलुकमा बढ्दो भ्रष्टचार र अपारदर्शिता देखिएपछि पोखराको नागरिक समाजले अख्तियारको कार्यालय पोखरा घचघच्याएको लामो समय भयो। तर कुनै पनि निर्णय बाहिर आउन सकेको छैन। नागरिक समाजका आगुवा रामबहादुर पौडेलले सार्वजानिक जग्गा मिचेको भन्दै धेरै पटक उजुरी दिनुभयो तर सुनुवाइ नहुँदा उहाँ दुःखित हुनुहुन्छ।
लुम्बिनी केबलकारले बुटवलमा परीक्षण सुरु गरेको छ। बुटवल उपमहानगरपालिका–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वडा–३, वसन्तपुरमा अन्तिम स्टेसन रहेको केबलकारको लम्बाइ कुल दुई किलोमिटर छ सय मिटर छ। अहिले केबलकारको परीक्षण सञ्चालन भइरहेको र जेठ १५ देखि व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको लुम्बिनी केबलकार प्रालिले जनाएको छ।
जिल्लामा जग्गा वर्गीकरणको काम नहुँदा सर्वसाधारण मर्कामा परेका छन्। आफ्नो क्षेत्रभित्रको जग्गा वर्गीकरण गरी पठाउन केन्द्रले स्थानीय तहलाई निर्देशन दिए पनि अधिकांशले अहिलेसम्म वर्गीकरणको काम टुङ्ग्याएका छैनन्। जग्गा वर्गीकरणका लागि स्रोतसाधनको कमीले गर्दा काममा ढिलाइ भएको स्थानीय तहहरूको दाबी छ। अहिले अधिकांश स्थानीय तहले काम सुरु गरिसकेको जनाएका छन्। आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले भन्नुभयो, “अहिले वडा वडामा प्राविधिक पठाएर सर्वेक्षणको काम भइरहेको छ। उक्त कार्य सकिएपछि छिट्टै बैठक बसेर यसलाई टुङ्ग्याउँछौँ।” उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा तीन वडामा सर्वेक्षणको काम सकिएको छ। सात वडा भएको सो पालिकामा चार वडामा वर्गीकरणको काम हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो।
सप्तरीको एउटा मन्दिरमा तीनवटै सरकारको बजेट विनियोजन भएपछि खर्च गर्ने व्रmममा विवाद उत्पन्न भएको छ। बलानविहुल गाउँपालिका–४ मा गत आर्थिक वर्षमा प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीको संसदीय कोषको ३० लाखभन्दा बढी रकमबाट एक मन्दिर निर्माण भएको छ। उक्त मन्दिरमा दुसाध जातिको कुलदेवता सलहेशको मूर्ति स्थापना गर्न भनेर त्यही क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्धप्रसाद सिंह संसदीय विकास कोषबाट चालु आर्थिक वर्षमा पाँच लाख रुपियाँ छुट्याइएको छ।
जनकपुरधाम उपमहानगरपालिकाले नियमित निगरानी गर्न थालेपछि नोचा पोखरी अतिक्रमण हुनबाट जोगिएको छ। जनकपुरधाम–२०, रुपैठामा र १५ को रामपुर सिमानामा रहेको नोचा पोखरी सौन्दर्यीकरण कार्यमा उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले नियमित निगरानी गर्नुभएपछि अतिक्रमण हुनबाट जोगिएको हो।
शैक्षिक सत्र सुरु भएको २६ दिनपछि विराटनगर महानगरपालिकाले संस्थागत विद्यालयका लागि निर्धारण गरेको शुल्क सार्वजनिक गरेको छ। अभिभावकले विद्यार्थी भर्ना गरेर वर्षभरिको वा आधा वर्षको शुल्क बुझाइसकेपछि महानगरपालिकाले शुल्क निर्धारण गरेर सार्वजनिक गरेको हो। शिक्षा नियमावली अनुसार नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा तीन महिनाअघि संस्थागत विद्यालयले महानगरपालिकामा शुल्क प्रस्ताव गर्नुपर्ने प्रावधान छ तर विराटनगरमा यसरी शुल्क प्रस्ताव गर्ने र स्वीकृति लिने संस्थागत विद्यालय छैनन्।
रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आज (शनिबार) देखि विशेष मेला सुरू भएको छ ।
चलचित्र ‘काँडेतार’ ले प्रदर्शनीका लागि सेन्सर बोर्डबाट अनुमति पाएको छ। बोर्डले चलचित्रमा रहेका केही दृश्य काँटछाँट गर्दै प्रदर्शनका लागि अनुमति प्रदान गरेको हो। निर्माता निर्देशक नवल खड्काले चलचित्र सेन्सर पास भएको बताउनुभयो। गृह मन्त्रालय र भुटानको विषयमा रहेका दुई दृश्य काट्दै सेन्सर पास गरेको जानकारी उहाँले दिनुभयो। चलचित्रमा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बालगायतको अभिनय रहेको छ। चलचित्रको मुख्य भूमिकामा निर्देशक खड्काको पनि अभिनय रहेको छ। मणि थापा र दीपक शर्माको सङ्गीत रहेको चलचित्रको छायाङ्कन सौरभ लामाले गर्नुभएको छ। चलचित्रमा नवलसँगै माकिको राई र अञ्जु केसी निर्माताका रूपमा हुनुहुन्छ भने कार्यकारी निर्माता गायिका सत्यकला राई हुनुहुन्छ।
विगत पाँच दशकदेखि सङ्गीत साधनामा सक्रिय रहनुभएका ड्रमवादक देव रानालाई चितवनस्थित एलटिके खेलकुद तथा कला प्रतिष्ठानले एक समारोहबिच सम्मान गरेको छ। कार्यक्रममा बागमती प्रदेशका सभामुख भुवन पाठकले राना राष्ट्रका सम्पत्ति भएको उल्लेख गर्दै नयाँ पुस्ताले उहाँबाट धेरै कुरा सिक्न सक्ने बताउनुभयो। रानालाई सभामुख पाठकले सम्मानपत्र तथा प्रतिष्ठानका अध्यक्ष र सञ्चालक क्रमशः सीता गुरुङ लोहनी र देवेन लोहनीले पच्चिस
सुर्खेतको वीरेन्द्रनगर–१६, मेहलीको ल्याडामा चट्याङबाट जोगाउन अर्थिङ टावर निर्माण गरिएको छ ।
हाम्रो सौन्दर्य चेतना विवेकमा आधारित नभएर चर्म चक्षुमा निर्भर छ । अन्त प्रज्ञाभन्दा चर्म चक्षुको फैसला ग्राह्य हुने परिपाटी बनेको देखिन्छ । सुन्दरताको मानक र परिभाषा मानवीय छैन । रङ्ग रोगनको आधारमा सुन्दर हुने, बस्त्र र आभूषणको बलमा सुन्दर देखिने जात र धर्म, सम्पन्न र विपन्न भूगोल वासस्थानको आधारमा उच्च र नीच भनिने जुन अव