फेवातालको मापदण्ड कायम गर्नेसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलाको पाँच महिनापछि पोखरा महानगर र गण्डकी प्रदेश सरकारको संयुक्त सहजीकरण समिति बनेको छ । गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले फेवाताल संरक्षणका लागि भन्दै सहजीकरण समिति बनाएको हो ।
कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा सञ्चालित ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’ कार्यक्रमले नागरिकका गुनासो सम्बोधन गर्ने प्रयास गर्दै आएको छ । सुर्खेतस्थित सहकर्मी समाजले गत वर्षदेखि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । सो कार्यक्रममा ८६४ वटा गुनासा दर्ता भई आधाभन्दा बढी समाधान भएको जनाइएको छ । ४५६ वटा गुनासा समाधान भएका छन् । जसबाट एक हजार ६७१ जना सेवाग्राही लाभान्वित भएका छन् । ४० वटा गुनासा समाधानको प्रक्रियामा रहेको जनाइएको छ ।
सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाईली ठकुरीले विकासलाई योजनावद्ध रुपमा अघि बढाउन बहुमत सहित सरकार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो माओवादीको नेतृत्वमा स्थिर र बहुमतको सरकार नभए सम्म विकास गति लिन सक्तैन । जनताले चाहे जस्तो विकास र समृद्धिका लागि एकल बहुमत सहितको सरकार चाहिएको छ ।
विगतमा पर्चा, पम्प्लेट र भित्तेलेखनले भरिभराउ धनगढीस्थित पार्क क्षेत्रको पर्खाल अब कला संस्कृतिले सुसज्जित हुन थालेको छ । सार्वजनिक पर्खालमा वाल पेन्टिङ गरेर धनगढी उपमहानगरपालिकाले सौन्दर्यीकरण गर्न थालेको हो । राजनीतिक नारा लेख्न प्रयोग भएका पर्खालमा कला, संस्कृति झल्किने र पर्यटकीय स्थल चिनाउने चित्र कोरिन थालिएको छ ।
सप्तरीको खडक नगरपालिकाको प्रमुख आर्थिक आधार कृषि र पशुपालन नै हो । यहाँका ९५ प्रतिशत नगरवासी कृषिमा नै आबद्ध छन् तर पनि कृषिको आधुनिकीकरण र व्यावसायि
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ रुवाखोला जोड्ने भातकाडा–बडाल–रेल सडक निर्माणको काम तीव्र पार्न निर्देशन दिनुभएको छ । सडक निर्माणसँग सम्बन्धित कार्यालय प्रमुख तथा निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “ट्र्याक खोलिएको सडक मर्मत तथा कालोपत्रे हुन सकेन भन्ने प्रश्न बारम्बार उठ्ने गरेको छ, निर्माण काम तीव्र पार्नु प¥यो ।”
पाल्पामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको तिनाउ–५, चर्चरेस्थित सिद्धार्थ राजमार्गको छेउमा बिहीबार साँझ अन्दाजी २२ वर्षका पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन, हालसम्मको प्रगति र सेवा प्रवाहका बारेमा समीक्षा गरिएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यव्रmम कार्यान्वयन, प्रगति, कामको प्रभावकारिता र आगामी रणनीतिका बारेमा मुख्यमन्त्री र मन्त्रीहरूबिच छलफल भएको हो ।
रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि सिप बिल्डिङतर्फको दोस्रो चरणको परीक्षामा १२ हजार ९८ जना उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका अनुसार असोज १ देखि मङ्सिर ७ सम्म सञ्चालन गरिएको पहिलो चरणको सिप बिल्डिङतर्फको परीक्षामा साढे ३५ हजार सहभागी भएकामा भाषा
धनकुटाको सहिदभूमि गाउँपालिका–१, गोपालपुरमा निर्माण गरिएको लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०७८/७९ मा निर्माण सम्पन्न भएको सो योजना केही समय सञ्चालन भएर बन्द भएपछि अलपत्र परेको हो ।
भौगोलिक अवस्थितिका दृष्टिले नेपाल विश्वमै विविधतायुक्त देश हो । हिमाल, पहाड र तराईको मिश्रित भू–धरातलका आआफ्नै विशेषता छन् भने हावापानीका दृष्टिले समेत विविधतायुक्त छ । मानव बसोबास र उत्पादनका दृष्टिले हिमाली क्षेत्र विकट र कम महत्वको मानिए पनि विश्वमा हिमालको उच्च महत्व र आफ्नै सान छ । पूर्वमा भुटानदेखि पश्चिममा ताजिकिस्तानसम्म फैलिएको दुई हजार चार सय किलोमिटर हिन्दकुश शृङ्खलामध्ये ८८५ किलोमिटर क्षेत्र नेपालमा परेको छ
नेपालको आर्थिक इतिहासमा अहिलेको जस्तो खस्किएको अर्थतन्त्र कहिल्यै थिएन भन्ने एक प्रकारको भाष्य निर्माण भएको अहिलेको अवस्था हो । कतिपयले देश आर्थिक रूपमा टाट पल्टी नै सक्यो भन्ने पनि गरेका छन् । यी भनाइमा सत्यता देखिँदैन । हो, अहिले विश्व अर्थतन्त्र नै खुम्चिँदै गरेको अवस्थामा नेपाल जस्तो परनिर्भर मुलुकमा त्यसको असर पर्नु स्वाभाविक नै हुन आउँछ । यसैलाई आधार मानेर अर्थतन्त्र बिग्रिएकै भन्नु त्यति तर्कसङ्गत देखिँदैन ।
जैविक विविधता संरक्षण आफैँमा एक बृहत्, जटिल र प्रविधिक विषय हो । यो विषयले प्रजाति संरक्षणको सूक्ष्म एकाइदेखि भूपरिधि स्तरको संरक्षण जस्तो बृहत् एकाइसम्म समेट्ने गर्छ । अतः यसका लागि स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा विश्वव्यापी पहलको आवश्यकता पर्छ । स्थानीय तहको भूमिका किन ? जैविक विविधता ह्रासबाट सबैभन्दा बढी प्रभावित स्थानीय जनसमुदाय हुन्छ । त्यसरी नै संरक्षणबाट सबैभन्दा बढी लाभान्वित पनि सोही समुदाय नै हुने गर्छ । अतः जैविक विविधता संरक्षणको प्र
सृष्टिको सर्वश्रेष्ठ प्राणीका रूपमा रहेको मानव आज आफ्नै अस्तित्व समाप्त पार्ने गतिविधिमा सक्रिय छ । उन्नति, सुविधा, प्रतिष्ठा र विश्वमा हैकम जमाउने लोभमा प्रकृति कुपित पार्ने क्रम बढ्दै जाँदा आज मानवसभ्यता सङ्कटमा पर्न थालेको छ । पृथ्वीलाई जोगाउन र यसका सबै संरचनालाई अनुकूल वातावरण दिन भनेर अनेक प्रतिबद्धता भएका छन् । ‘क्योटो सम्मेलन’ देखि पेरिस सम्झौतासम्म आइपुग्दा जलवायु परिवर्तन कम गर्न केही न केही त भएकै छन् तर त्यो पर्याप्त छैन । जलवायु परिवर्तनका कारण नेपाल जस्ता हिमाली मुलुक र माल्दिभ्स जस्ता समुद्री टापु मुलुक अत्यधिक प्रभावित बनेका छन् ।
नेपालमा राजनीतिक धारमा विभाजित सीमित शिक्षकका कारण सबै शिक्षकलाई हेर्ने दृष्टिकोण सङ्कीर्ण बनेको छ । पेसाप्रति निष्ठावान् शिक्षकलाई नमन गर्न नसक्नुमा शिक्षक–राजनीति दोषी छ । विशेषतः २०३६ पछि केही समय तथा २०५९÷६० यतादेखि शिक्षक पार्टीका भ्रातृ संस्थामा विभक्त हुन पुगे । डा. पूर्णकान्त अधिकारीका अनुसार २०२८ अघिका शिक्षक सर्वमान्य समाजसेवी थिए तर त्यसपछिका चाहिँ जागिरे र कतिपय पार्टीका कार्यकर्ता भए ।