म्याग्दीको बेनी नगरपालिकाभित्र अटोरिक्सालाई व्यवस्थितरूपमा सञ्चालन गर्न पहल थालिएको छ । नगरभित्र सर्वसाधारणको सुविधाका लागि नयाँ रुट कायम गरी अटोरिक्सालाई सञ्चालनमा ल्याइएको हो ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार, शिख हुँदै चित्रेसम्मको १८ किलोमिटर पाँच सय ४० मिटर दुरीको ग्रामीण सडक फराकिलो, स्तरोन्नति, ग्राभेल, ढलान र कालोपत्रे भएपछि घार र शिखका स्थानीयहरुले १५ वर्षसम्म भोगेको सास्ती हटेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनका चेयरपर्सन एवम् निवर्तमान अध्यक्ष ब्रायन इ सिहानसहित लायन्स इन्टरनेशनलका पदाधिकारीहरूले भेट गर्नुभएको छ ।
खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका- १ स्थित वराहपोखरीमा रहेको खरले छाएको एक घरमा परम्परागत शैलीमा राखिएको मकैको सुली ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का ५५ वर्षीय कृष्णदत्त पन्त तीन वर्षअघि बेरोजगार हुनुहुन्थ्यो । उहाँ फुर्सदिलो समयमा पशुचौपाया चराएर दिन बिताउनुहुन्थ्यो ।
इजरायल र हमासबीचको अस्थायी युद्धविरामको क्रममा केही गाजाका बासिन्दाहरू आफ्नो घर फर्केका छन् । तर उनीहरुले भग्नावशेष मात्र भेटिएका छन् ।
बाँकेको नरैनापुर गाउँपालिकाले जेष्ठ तथा अशक्त नागरिकलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।
भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ ।
अस्ट्रेलियाको मुद्रास्फीति ४.९ प्रतिशतमा झरेको छ । अस्ट्रेलियाको मुद्रास्फीति दर १८ महिना यताकै न्यून स्तरमा झरेको आधिकारिक तथ्याङ्कले देखाएको हो ।
धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ । धनगढी–स्याउले सडकखण्डमा कालोपत्रको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ ।
युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले सन् २०२२ मा रक्षा खर्चका लागि सामूहिक रूपमा २४० बिलियन यूरो (२६२.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको तथ्याङ्कले देखाएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका ३ माझकोटका स्थानीयवासी गाउँमा नै सहज उपचार पाएपछि खुसी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताउनुभएको छ ।
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो ।
गुल्मीको सदरमुकाम तम्घासमा नेपाली सेनाको गण पुनः स्थापनाका लागि पहल अगाडि बढाइएको छ । यहाँ गण पुनः स्थापनाका लागि गत कात्तिक २१ गते रेसुङ्गा नगरपालिकाबाट नेपाली सेनाको प्रधान कार्यालयमा पत्र पठाइएको नगरप्रमुख खिल ध्वज पन्थीले जानकारी दिनुभयो ।