सरकारले यो वर्षको गणतन्त्र दिवसलाई भव्य बनाउने तयारी गरेको छ । वि.सं. २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई हरेक वर्ष गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।
दाङको घोराही उपमहानगरपालिका –१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक बिघा जमिनमा लगाउनुभएको बन्दागोभी बिक्री नहुँदा मारमा पर्नुभएको छ।
शनिबार राति परेको वर्षाका कारण विभिन्न स्थानमा गएको बाढी र पहिरोका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडक आजबाट खुलेको छ ।
कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
नेपाल प्रेस युनियन तनहुँको आठौँ अधिवेशनले शेष मोहम्मद हनिफ गोरा मियाँको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन गरेको छ।
सुदूरपश्चिम प्रदेश सभाको कार्य व्यवस्था परामर्श र विषयगत संसदीय समितिहरू गठन भएको छ । मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको कारण ढिलो गरेर समितिहरू गठन गरिएको हो ।
गायक आयुष मगरले आफ्नो डेब्यु गीत ’माया पनि बसेकै थियो’ सार्वजनिक गर्नुभएको छ । गीतमा आयुषकै स्वर, शब्द र सङ्गीत छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको छ ।
कपिलवस्तु प्रहरीले करिब पाँच लाख भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको छ। ट्याक्टरसँग ठोक्किएर मोटरसाइकलमा भाग्न खोजेका कपिलवस्तुको कृष्णनगर नगरपालिकाका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कैलालीमा त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त क्याम्पसका प्राध्यापकहरुलाई एकदिने कार्याशाला कार्यक्रममा शिक्षकले पढाउने विषयवस्तुलाई प्रभावकारी बनाउन डिजिटल प्रविधिको प्रयोगका विषयमा जानकारी दिइएको हो ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममा समेटिएका विषयले जनतामा आशा जगाएको सत्तापक्षका सांसदले बताउनुभएको छ। साथै प्रतिपक्षी दलका सांसदले भने नीति तथा कार्यक्रममा नयाँ केही नभेटिएको टिप्पणी गर्नुभएको छ।
सङ्घीय संसद्मा गत शुक्रबार प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममाथि सत्तारुढ दल नेपाली कांग्रेसका दुई सांसदले संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले सङ्घीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताउनुभएको छ।
मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।