बाँकेका महिलाहरू समूह बनाएर पञ्चेबाजाको संरक्षण गर्दै व्यावसायिक रूपमा आयआर्जनमा जुटेका छन् । राप्तीसोनारी गाउँपालिका–८ की दीपा बस्नेतले गाउँका दिदीबहिनीहरूको समूह बनाएर पञ्चेबाजालाई व्यावसायिक रूपमा सञ्चालन गरी आयआर्जन गर्दै संरक्षण समेत गर्दै आएको बताउनुभयो ।
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स सङ्घले रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–७ का भूकम्प प्रभावित बालबालिकालाई न्यानो कपडा (स्विटर) वितरण गरेको छ । वडाका ६७५ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो ।
हेटौँडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगिता–२०८० मा हालसम्म विदेशी खेलाडीले वर्चस्व बनाउन सफल भएको छ । प्रतियोगिताको पाँचौँ राउण्ड समाप्त हुँदा २३९३ रेटिङ भएका भारतीय खेलाडी सुभयान कुण्डुले बङ्गलादेशी अन्तर्राष्ट्रिय मास्टर मोहमद मिनहाज उद्दिनसँग बराबरीमा रोकिनुभएको छ ।
पश्चिम नेपालको केन्द्र रहेको नेपालगन्जबाट कार्यालय सार्न खोजेपछि स्थानीय सङ्घ संस्थाले विरोध गर्दै बैङ्कको कार्यालयमा तालाबन्दी गरेका छन् ।
उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार आदेश सुनाएको छ । उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश सुनाएको हो ।
नेपालमा चिया व्यवसाय सुरु भएको एक सय ६० वर्षपछि इलाममा पहिलो पटक चिया प्रविधिको पढाइ सुरु गरिएको छ । निर्यात वस्तुमध्ये विदेशी मुद्रा आर्जनका लागि पनि एक हिस्सा बन्न थालेको नेपाली चियाको क्षेत्रमा यो पढाइ निकै महत्त्वपूर्ण मानिएको छ ।
कैलालीको घोडाघोडी नगरपालिकाले प्रथम मुख्यमन्त्री पालिका स्तरीय फुटबल प्रतियोगितामा खेलाडी छनौट गरी पठाएको छ । नगरपालिकाले शुक्रबार खेलाडी समूहलाई विजयको शुभकामना सहित प्रतियोगिताका लागि बिदाइ गरेको हो ।
चिसोका कारण पानी जमेपछि देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल । समुद्री सतहदेखि चार हजार १९५ मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल अन्नपूर्ण हिमालको फेदीमा छ । तस्बिरः सन्तोष गौतम/रासस
जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आज (शुक्रबार) देखि सुरु गरेको छ ।
मङ्सिर महिना सुरु हुने बित्तिकै बाजुराको जताततै गाउँगाउँमा गुञ्जिने दमाहा बाजा लोप हुँदै आएको छ । पहिला एक गाउँबाट अर्को गाउँमा जाने जन्तीलाई सज्जाएर बाटो सेताम्य हुने गरी जामा लगाएर बजाउँने दमाहा बाजालाई पछिल्लो पुस्ताले खासै चासो नदेखाएपछि लोप हुँदै गएको हो ।
उच्च अदालत पाटनले एनसेलमा रहेको सेयर बेच्ने आजियाटा ग्रुपको निर्णयविरुद्ध परेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय कोटातुल्सीपुरमा कार्यरत बालविकासका कर्मचारी निरञ्जना मल्लविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ ।
अस्ट्रेलियाले अमेरिकी स्मिथसोनियन राष्ट्रिय प्राकृतिक इतिहास सङ्ग्रहालयबाट स्वदेशी अवशेषहरू फिर्ता ल्याउने कामलाई स्वागत गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कमजोर हुँदा प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेकाले सचेत हुन सबैमा आग्रह गर्नुभएको छ ।
लुम्बिनी बौद्ध विश्व विद्यालय १९ औँ वर्षमा प्रवेश गरेको छ। स्थापनाको १९ औँ वर्ष प्रवेशका अवसरमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बौद्ध शिक्षाको महत्त्व नेपालमा मात्रै नभएर विश्वभर भएको बताउनुभएको छ।