प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता असार तेस्रो साता हुने भएको छ ।
त्रिभुवन आर्मी क्लबका मुकेश पाल र नेपाल पुलिस क्लबकी राजपुरा पछाईंले कान्तिपुर हाफ म्याराथनको उपाधि जित्नु भएको छ ।
उपसभामुख इन्दिरा रानाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउन तथा त्यस्ता मञ्चमा प्रस्तुत हुने काजगात व्यवस्थित गर्न सुझाव दिनुभएको छ।
विपीन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘पशुपति प्रसाद २– भष्मे डन’ को छायाङ्कन सकिएको छ ।
वर्षा र सहकालका देवताका रुपमा विश्वास गरिने रातो मच्छेन्द्रनाथको रथलाई रथारोहनदेखि रातदिन प्रहरी र पूजारीको सुरक्षामा राखिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकका बारेमा छलफल गर्नुभएको छ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेटवार्ता भएको छ।
सामुदायिक विद्यालयमा शिक्षण विधि र सिकाइ पद्धतिको जानकारी लिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले निरीक्षण गर्नुभएको छ ।
उत्तरी सीमा तातोपानी नाकाबाट धमाधम युरिया मल नेपाल भित्रन थालेको छ । सिल्क मार्केटले २५ हजार र १० हजार परिणामको दुई चरणमा ३५ हजार टन युरिया मल तातोपानी भन्सार कार्यालयमा भित्राउन थालेको छ ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनःमूल्याङ्कन गर्ने बेला नभएको बताउनुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरु समावेश रहेको बताउनुभएको छ ।
स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर तथा राजस्व सङ्कलन केन्द्र सुरु भएको छ ।
कसैले उसलाई भनेको छ, ‘अब अनुकूल भए मात्र भेट्ने, हाम्रा लागि सीमित कुरा गर्ने ठाउँ त छैन ।’ सोच्छ, हो कि क्या हो ? दायाँबायाँ हेर्छ पनि । हुल–भिड–कोलाहल–कर्कश ध्वनि–अनेक मान्छेहरू... ! यस्तैयस्तै अनेक रूपहरू उसका अगाडि उभिन्छन् कहिले त, कहिले एउटा लामो लर्को बनेर जान्छन् । यी सबैमा आफूलाई छाम्छ– ओह, कति एक्लो ! कति दुख्दो ! कुनै काव्यिक उपमा छैन, हाललाई । ऊ टाउको निहुराएर हुलसँगै एक्लै भए पनि बग्दै–बग्दै जान्छ, कता–कता, कहाँ–कहाँ...!
उत्तरी मोरङको लेटाङ नगरपालिकाले नगर क्षेत्रमा गाईवस्तु ओसारपसारमा रोक लगाएको छ । नगर क्षेत्रमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग फैलिन नदिन नगरले यस्तो निर्णय गरेको हो ।