उपत्यकाका महानगरपालिका र नगरपालिकाको सहभागितामा एकीकृत संयन्त्र निर्माण गरी सहरी विकास योजनाका कार्यक्रम सञ्चालन गरिने भएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उपत्यकाको एकीकृत विकासका लागि १८ वटै नगरपालिकाको सहभागितामा एकीकृत संयन्त्र निर्माण गरी व्यवस्थित सहरी योजना बनाउने उल्लेख गरिएको छ ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीले लोककल्याणकारी राज्य निर्माणमा महत्वपूर्ण योगदान गरेको दाबी गर्नुभएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्ने बताउनुभएको छ ।
सांसद डा आरजु राणा देउवाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भएको बताउनुभएको छ।
कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि र पशुपालनबाट मात्र देशको अर्थतन्त्रमा सुधार हुने बताउनुभएको छ।
गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठानले काठमाडौंमा शनिबार तीन स्रष्टालाई सम्मान गरेको छ।
गायिका रचना रिमाल र दीपक मगरको स्वरमा ‘रङ्ग’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पत्रिकारिता क्षेत्र स्वतन्त्र, निष्पक्ष र व्यावसायिक हुनुपर्ने बताउनुभएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले भ्रष्टाचारको जालोलाई फोड्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार मन्त्रिपरिषद विस्तार भएको गर्नुभएको छ।
वालिङबाट सुरु भएको आँधीखोला सरसफाइ अभियान जिल्लाभर सुरु भएको छ ।
नेपालको पहिलो अवधि भाषाको चलचित्र निर्देशक कैलाश प्रविण सम्मानित हुनु भएको छ ।
नेपाल विद्युत प्राधिकरणले लाइन काटेको छ दिनपछि सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा पुःन विद्युत लाइन जडान गरिएको छ ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ सोनरामा सार्वजनिक बाटो बन्द भएको कारण आवतजावत समस्या भएको छ । वडाध्यक्ष जयश्वर किशोर दासले केहि चासो न देखाएको भन्दै त्यहाँका बासिन्दाले आक्रोश जनाएको हो ।