हृदयको अँगेनाभरि बलिरहेछ चाहनाको आगो उठिरहेछ वेदनाको मुस्लो
डराएर हुन्न खोली छेउ पुग्दा आत्तिएर हुन्न गोली छेउ पुग्दा । बेहुला त बन्यौ यही महिनामा, लजाएर हुन्न डोली छेउ पुग्दा ।
यात्राको निबन्धात्मक प्रस्तुतिका रूपमा परिभाषित नियात्रा साहित्य वर्तमान समयको लोकप्रिय साहित्यिक विधा बनेको छ । नियात्राले यात्रामार्ग र गन्तव्यको भूगोल, राजनीति, संस्कृति, इतिहास, परम्परा, जन–जीवनका विविध आयाम र प्राकृतिक वातावरण आदिलाई कुनै न कुनै कोणबाट समेटेको हुन्छ । नियात्रामा साहित्यका अन्य विधाका अंशहरू, प्रामाणिक तथ्यहरूका साथै व्यक्तिका महìवपूर्ण भनाइसमेत उल्लेख गरिने भएकाले यो विधा रोचक, जानकारीमूलक र अन्य विधाले भन्दा व्यापक क्षेत्र समेट्ने विधा बनेको छ
जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान मस्यौदा समितिको बैठक जारी छ । जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले शनिबार बिहानदेखि समितिको बैठक जारी रहेको जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयमा भर्ना कार्यक्रम अन्तिममा पुगेको छ । कैलालीमा केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ ।
“साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन सब थोक छ असङ्ख्य रोग छ अनन्त भोक छ असीम शोक छ केवल हर्ष छैन
हुड्को र दमाहा बजाउँदै छलिया नाचमा टाउकोमा चिया पकाउने कलाका धनी बैतडीका मनोहरराम दमाई (मनोहर परियार) सुदूरपश्चिमका अग्रज छलिया कलाकार हुनुहुन्छ । हुड्को र दमाहासहित छलिया नृत्यमा टाउकोमा आगो बालेर कित्लीमा चिया पकाउँदै नाच्ने अद्भुत कला छ उहाँसँग । उहाँले विभिन्न कार्यक्रममा यो कला प्रस्तुत गरेर पुरस्कार र सम्मान पाइसक्नुभएको छ । मनोहरले यो कला नेपालमा मात्रै होइन, भारतको कुमाउ, गढवालमा समेत धेरै चोटि प्रदर्शन गरिसक्नुभएको छ । बैतडीको मेलौली नगरपालिका–१, मेलौलीमा २०१२ सालमा जन्मनुभएका मनोहर हुड्को, भडाः (वीरगाथा) र छलिया विज्ञ हुनुहुन्छ ।
पर्साको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन चुरे तथा वनजङ्गल संरक्षण अभियानले वीरगञ्जदेखि काठमाडौंसम्मको पदयात्रा सुरु गरेको छ ।
चैत, वैशाख र जेठ महिनामा लालीगुराँस ढकमक्क फुलेर वनपाखा राताम्मे हुन्छन् तर यसपालि कतिपय ठाउँमा लालीगुराँसका बोट त देखिन्छन् तर फुलेका छैनन् । ढकमक्क फुल्ने लालीगुराँसलाई यस पालि किन बैँस नआएको होला ? पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसका झाङ छन् तर गुराँसका झाङ हु
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेश सभाका विषयगत समिति सक्रिय बन्न सकिरहेका छैनन्। सभामुख नन्दा गुरुङले विषयगत समितिका सदस्य मनोनीत भइसके पनि समितिको नेतृत्व चयन हुन सकेको छैन। कर्णाली प्रदेश सभा नियमावलीबमोजिम संसद्को पहिलो बैठक बसेको तीन महिनाभित्र विषयगत समिति गठन भइसक्नु पर्छ। तथापि पहिलो बैठक बसेको चार महिना पुगेपछि विषयगत समितिका सदस्य मनोनीत भएका थिए तर अझै सो समितिले नेतृत्व पाउन सकेको छैन।
पूर्वी सुर्खेतको भेरीगङ्गामा निर्माण गरिएको चिस्यान केन्द्र विद्युत् अभावले बन्द भएको छ। दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र दुई वर्ष जेनतेन चलेको थियो। आर्थिक वर्ष २०७३/७४ देखि निर्माण सुरु गरिएको कोल्ड स्टोर आव २०७७/७८ बाट आंशिक सञ्चालनमा ल्याइएको थियो। तीन करोड लगानीमा निर्माण गरिएको चिस्यान केन्द्र विद्युत् आपूर्ति सहज नहुँदा बन्द भएको साना किसान कोल्ड स्टोरकी अध्यक्ष ज्ञानु भुसालले जानकारी दिनुभयो।
कर्णाली कोरिडोर अन्तर्गत खार्पुस्थित दोजाम कर्णाली नदीमा पक्की पुल निर्माणका लागि पिल्लरको जग खन्ने क्रममा तातोपानीको मूल निस्किएपछि काम प्रभावित भएको छ। हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–४ स्थित पुलको जग खन्दा आठ वटा तातोपानीको मूल निस्किएको छ। पुल निर्माणमा संलग्न स्वच्छन्द माउन्ट मेमोरी जेभीका स्थानीय प्रतिनिधि विजय लामाका अनुसार नदी किनारमा जग खन्ने क्रममा तानोपानीको मूल निस्किएपछि समस्या आएको छ। दुई वटा मेसिनले तातोपानी फाल्दा मेसिन नै जलेको थियो। दुवै मेसिन जलेपछि अर्को मेसिनबाट २० दिनदेखि तातोपानी फाल्ने काम मात्र गरिएको जनाइएको