नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाउनुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका -४ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा दौड प्रतियोगिता गरिएको छ ।
स्पेनिस ला लिगा फुटबलको उपाधि जितिसकेको बार्सिलोनाले रियल सोसिडाडसँग हार खेपेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना रियल सोसिडाडसँग २-१ गोलले पराजित भयो ।
साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि रक्षा गरेको छ । उपाधि होडमा रहेको आर्सनल शनिबार राति नटिङ्घम फरेस्टसँग १-० गोलले पराजित भएपछि सिटी तीन खेल अगावै च्याम्पियन बनेको हो ।
तानसेन नगरपालिकाका नयाँ जनप्रतिनिधिहरूको एक वर्षीय उपलब्धि सार्वजनिक गरिएको छ । तानसेन नगरपालिकामा एक वर्षअघि निर्वाचित हुनुभएका जनप्रतिनिधिको नेतृत्वमा भएका पच्चिस उपलब्धिहरू सार्वजनिक गरिएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसदहरूले किसानका समस्या, मौलिक हकको कार्यान्वयन, पूर्वाधार निर्माणमा भएको ढिलाइ, तराई क्षेत्रमा डुबान, नाका खुलाउने समस्यालगायत विषय उठान गर्नुभएको छ ।
नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन सुरु भएको छ ।
कांग्रेस नेता राहुल गान्धीले आफ्ना दिवङ्गत पिताको पुण्यतिथिमा भावुक हुँदै श्रद्धाञ्जलिका शब्द लेख्नुभएको छ । पूर्व प्रधानमन्त्री राजीव गान्धीको ३२ औँ पुण्यतिथिमा उहाँका सुपुत्र राहुलले पिताजीलाई सम्झँदै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।
चालक अनुमतिपत्र नवीकरणको काम पाल्पाबाट नै हुने भएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देश चलाउन सक्षम नेतृत्व चाहिने बताउनुभएको छ । चर्चाले मात्र मुलुक नबन्ने उल्लेख गर्दै उहाँले यसका लागि राजनीतिक विचार र नेतृत्व चाहिने बताउनुभयो ।
मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर नौ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन)ले जनाएको छ ।
मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री सालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने छ ।
पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ । गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि मन्दिर खुला गर्न लागिएको हो ।
आज थापाथली जनकल्याण परिवारको ३४औँ वार्षिक समारोह कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीति पनि एक समाजसेवा हो । समाजसेवा भावले नै म राजनीतिमा प्रवेश गरेको हुँ र यसैमा क्रियाशील छु ।”