• २४ वैशाख २०८१, सोमबार

राष्ट्रिय सभा निर्वाचन : दल दर्ता मङ्सिर २४ देखि २९ सम्म

blog

निर्वाचन आयोग

काठमाडौं, मङ्सिर १५ गते । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही मङ्सिर अन्तिम साता दल दर्ता गर्ने तालिका छ ।

शुक्रबार आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग लिने दलहरूलाई मङ्सिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको जानकारी दिनुभयो ।

राष्ट्रिय सभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ ।

प्रवक्ता पौडेलले आगामी पुस १ गते दलहरूलाई निर्वाचन चिह्न प्रदान गरिने जानकारी दिनुभयो । यसैगरी, पुस १६ गते निर्वाचन अधिकृत नियुक्त गरिने छ भने २० गतेदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ । मतदान माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म  हुनेछ ।


यो पनि पढ्नुहोस

राष्ट्रिय सभाका २० सांसदको बिदाइ नजिकिँदै