भरतपुर २५ शुक्रनगरमा विद्युत् ट्रान्समिटर परिवर्तन गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका १६ जना अभियुक्तमाथि पुनः तीन दिनको म्याद थप भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका अभियुक्तमाथि पाँच दिनको म्याद थप गर्न सिफारिस गरेको थियो ।
कच्चा र तयारी दालमा समान भन्सारदर हुँदा स्वदेशी उद्योग धराशायी भएकाले भन्सार शुल्क फरक राख्न व्यवसायीले माग गरेका छन् । नेपाल चामल, तेल, दाल उद्योग सङ्घले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर कच्चा र तयारी दालको भन्सारदर एउटै हुँदा विदेशी तयारी दालसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको भन्दै फरक फरक बनाउन माग गरेको हो ।
अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको सुन्दर हिमताल पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । यो ताल अन्नपूर्ण र नीलगिरि हिमालको काखमा पर्दछ । समुद्री सतहदेखि चार हजार ५० मिटरको उचाइमा रहेको तालको एक किलोमिटर लम्बाइ र दुई सय मिटर चौडाइ रहेको छ ।
मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठुलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका छन् ।
रुकुम (पूर्व) मा दुई सय २२ किलो नक्कली मह नष्ट गरिएको छ । रुकुम (पूर्व) को भूमे गाउँपालिका–२ खाबाङ बगरमा बेवारिसे अवस्थामा रहेको महलाई प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको हो ।
चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा गत शुक्रबार चीन प्रस्थान गरेको नेकपा (माओवादी केन्द्र) को प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिष्ट पार्टीका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेको छ।
सङ्गीतकार दीपक शर्माले करोड बढी भ्युज भएका आफ्ना ६ चलचित्रका गीतको सङ्ग्रह बजारमा ल्याउनुभएको छ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा हेटौँडामा दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता-२०८० सुरु भएको छ ।
कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या क्रमशः कम हुँदै गएको छ। विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको हो।
गायिका मेलिना राई र गायक प्रताप दासको स्वरमा तयार ‘यो खुसीको पल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पक्राउ पर्नेहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वर्षमा बेपत्ता योद्धाको स्थिति सार्वजनिक हुने बताउनुभएको छ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप सोमबारदेखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने भएको छ ।
जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एयरको नाइन एन–एजेएल जहाजमा आज बिहान फेरि ट्र्यापमा मुसा भेटिएको छ।