• १२ साउन २०८१, शनिबार

डिआईको ठक्करबाट एकको मृत्यु

blog

केदार तिमल्सिना 

काभ्रेपलान्चोक, मङ्सिर १६ गते । जिल्लाको धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित बिपी राजमार्गमा डिआईको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ । शनिबार बिहान बिपी राजमार्ग हुँदै भकुन्डेबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ८५९२ नम्बरको योद्धा नामको डिआईको ठक्करबाट स्थानीय ५०  वर्षीय यमुनाप्रसाद धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । 

सडक छेउमा पैदल हिँडिरहनु भएका धिताललाई शनिबार बिहान अन्दाजी ६ः१० मा उक्त डिआईएले ठक्कर दिएको थियो । डिआईको ठक्करबाट घाइते धितालको उपचारको क्रममा बिहान ६ः५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने डिआई गाडीका चालक र डिआई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।