जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टिकाराज राईलाई घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।
सरकारले आन्तरिक तथा बाह्य श्रम बजारको माग र आवश्यकताअनुसार सीपयुक्त प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय गरेको छ ।
गोदावरी इन्टरनेसनल तेक्वान्दोका दिप्सन महर्जन र न्युजेनकी श्रृष्टि स्याङबोले दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण जित्नुभएको छ । एकल पुम्सेको यु–१२ पुरुषमा दिप्सन तथा महिलामा श्रृष्टि पहिलो हुनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्व समुदायलाई जानकारी गराउने बताउनुभएको छ ।
हेटौँडामा जारी हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगितामा बिहीबार तेस्रो चरणका खेल सम्पन्न हुँदा विदेशी खेलाडीले वर्चस्व जमाएका छन् ।
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणको लागि रकम निकासा भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जिल्लाका चार स्थानीय तहको स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा २१ करोड ४६ लाख २५ हजार रुपियाँ जम्मा गरिसकेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले राहदानी (इ–पासपोर्ट) को अनलाइन फारम निःशुल्क भरिदिन थालेको छ । प्रशासन कार्यालयले राहदानी बनाउन आउने सेवाग्राहीको अनलाइन फारम निःशुल्क रूपमा भरिदिन थालेको हो ।
उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि सुरु भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा आज सुनुवाइ सकिएको र भोलि निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेशको प्रदेशस्तरीय सम्मेलन आगामी पुसमा काठमाडौँमा हुने भएको छ । कांग्रेस बागमती प्रदेश कार्य सम्पादन समितिको बैठकले आगामी पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको हो ।
बागमती सुधार आयोजनाबाट नदी व्यवस्थापन, नदी किनारामा गरिएको पुनः निर्माण तथा सबलीकरणका क्रमका भएका संरचनागत त्रुटि सच्याउनु पर्नेमा विषयगत समितिका संयोजकहरूले जोड दिनुभएको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एकै परिवारको तीन जनाएको मृत्यु भएको छ ।
खेल क्षेत्रमा लामो समय क्रियाशील खेल विज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल सङ्घलाई वर्गीकरण गर्ने तयारी गरेको छ ।
बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । ३६ औँ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा नेपालगन्जमा बिहीबार आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले पछिल्लो समयमा बाँकेमा एचआइभी सङ्क्रमितको घट्दै गएको तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
नेपाल फिफा वरीयतामा दुई स्थान खस्किएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको पुरुष वरीयतामा नेपाल दुई स्थान तल झर्दै एक सय ७५औँ स्थानमा रहेको हो । यसअघि नेपाल एक सय ७३औँ स्थानमा थियो ।