राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना अष्ट्रेलियाली समकक्षी मिल्टन डिकसँग भेटवार्ता गर्नुभएको छ ।
विद्यालयमा सिकेको ज्ञान प्रविधिमा रूपान्तरण गर्दा रुपन्देहीको सैनामैनाका विद्यार्थीले बधाईमात्र पाएका छैनन्, अझै लगनशील हुन प्रेरणा पनि बटुलेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा आवासीय राजदूत नियुक्त गर्नुभएको छ ।
दुईतिर भारतीय सिमाना जोडिएको कञ्चनपुरमा केही वर्षयता सशस्त्र प्रहरीले उपस्थिति बढाएर सीमा सुरक्षा अब्बल बनाएको छ । कोरोना महामारी अघिसम्म सीमा इलाका पोष्ट पाँच वटा मात्रै रहेपनि हाल त्यो सङ्ख्या २३ वटा पुगेको छ ।
रमेश लामा स्मृति प्रतिष्ठान बेलबारी मोरङले नेपालको पारामेडिकल क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएका उहाँको स्मृतिमा ‘रमेश लामा स्मृति ग्रन्थ’ २०८० प्रकाशन गरेको छ ।
सभामुख देवराज घिमिरेले नेपालको अर्थतन्त्र प्रतिकुलताबाट अनुकूलतातर्फ गइरहेकाले ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्तासँग आग्रह गर्नुभएको छ। बिहीबारबाट नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाडौँमा सुरु भएको नवौँ अन्तर्राष्ट्रिय व्यापार मेला-२०२३ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढ्नका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो ।
सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाकाबाट लाखौँ मूल्यका कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ ।
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला खण्डमा अहिलेसम्म १६ वटा मोटरेबल पुल निर्माण भइसकेका छन् । आयोजनामार्फत १३ र सडक विभाग अन्तर्गतको पुल महाशाखाले तीन वटा गरी १६ वटा मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दशरथचन्दको जन्मघरको अवलोकन गर्नुभएको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा शुभारम्भ गर्न बैतडी पुग्नुभएका अध्यक्ष ओलीलगायतका नेताले आज बिहान बैतडीको दशरथचन्द नगरपालिका-५ बस्कोटस्थित सहिद दशरथचन्दको जन्मघरमा अवलोकन गर्नुभएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई उद्धार सेवाले खोटाङकी एक सुत्केरी महिलाको ज्यान बचेको छ । सालनाल अड्किएर गम्भीर अवस्थामा पुगेकी रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीकी अनिशा गुरुङको ज्यान हवाई उद्धार सेवाले बचाएको हो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउनका लागि चालु आवमै लगानी सम्मेलन गर्ने तयारीमा प्रदेश सरकार लागेको हो ।
चीनमा नोभेम्बर महिनामा कारखाना गतिविधिमा लगातार दोस्रो महिना सङ्कुचन भएको आधिकारिक तथ्याङ्कले बिहीबार बताएको छ । यसबाट सरकारमाथि सङ्कटग्रस्त अर्थतन्त्रका लागि अझ बढी सहयोग प्रदान गर्नुपर्ने दबाब बढेको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताउनुभएको छ ।