• २८ वैशाख २०८२, आइतबार

स्वास्थ्य बिमा बोर्डको अध्यक्ष पदमा डा. लोहनी नियुक्त

blog

डा. गुणराज लोहनी । फाइल तस्बिर

काठमाडौं, मङ्सिर १४ गते । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ । 

डा. लोहनीलाई बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो । त्यस्तै नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष पदमा सुबोधकुमार शर्मालाई मनोनयन गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

बैठकले माल्दिभ्सको मालेमा २०८० साल मङ्सिर २७–२८ मा आयोजना हुने मिनिस्ट्रियल मिटिङमा महान्यायाधिवक्ता डा. दिनमणि पोखरेललाई सहभागी हुन स्वीकृति दिएको छ । 

त्यसैगरी, राजश्व न्यायाधिकरण पोखराको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश राजनबहादुर भट्टराई, विराटनगरको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने, काठमाडौँको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाललाई तोक्ने निर्णय भएको उहाँले बताउनुभयो ।