सर्वोच्च अदालतले अयोग्य लडाकुलाई दुई लाख रकम दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्ले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो ।
नेपाल दृष्टिविहीन उत्थान सङ्घ सैनामैना रुपन्देहीको आयोजना र लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा रुपन्देहीको गैडहवा गाउँपालिकामा सिबिआर कार्यक्रमअन्तर्गत बिउपुँजी वितरण गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ ।
स्याङ्जाको वालिङ नगरपालिकाले आंशिक रूपमा जग्गाको कित्ताकाट सुरु गरेको छ । राष्ट्रिय भू-उपयोग ऐन २०७६ र नगरपालिकाको भू–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्ड तथा आधारहरू, २०७९ अनुसार वालिङ नगरपालिकाले जग्गाको वर्गीकरण गरेपछि जग्गाको कित्ताकाट सुरु हुन लागेको हो ।
सत्तारुढ दलको सिंहदरबारमा भएको छलफलमा नीति तथा कार्यक्रमको प्राथमिकताका विषयमा छलफल भएको छ।
बुधबार बस्ने भनिएको सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बुधबार अपराह्न ६ बजेर ३१ मिनेटमा बस्ने गरी बोलाइएको बैठक जेठ ५ गतेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
पौडी खेल्ने क्रममा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको माथागढी–३, अगहनी बस्ने १५ वर्षीय योगेश सुनारीको पौडी खेल्ने क्रममा तिनाउ नदीमा डुबेर मृत्यु भएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जथाभाबी रूपमा राष्ट्रिय गौरवको आयोजना भनेर नामाकरण गर्न नहुने बताउनुभएको छ।
उच्च अदालत जुम्लाले नियम विपरीत शिक्षकहरूको काज सरुवा नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश श्रीमण गौतमको इजलासले कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले गत वैशाख १५ गते गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धौलागिरिमा हालसम्म ५५० जनाले आरोही चुचुरोमा पुग्न सकेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार आठ सय २१ दशमलब ६२ मा पुगेको हो ।
उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
दक्षिण सुडानले छिमेकी सुडानमा द्वन्द्वबाट भागेका मानिसलाई आश्रय दिन आफ्नो उत्तरी क्षेत्रमा नयाँ शरणार्थी शिविर खोलेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताउनुभएको छ।