बङ्गलादेश सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच एक अर्ब अमेरिकी डलरभन्दा बढीको ऋण सम्झौतामा मङ्गलबार हस्ताक्षर भएको छ ।
कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबिन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ । जानकी गाउँपालिका-७ गोलौरीकी ५३ वर्षीया रामकृष्णी महतोको ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
बर्दिबास–१ का हमाल दाजुभाइले दिवङ्गत आमावुवाको स्मृतिमा करोडौँ खर्चिएर धर्मशाला निर्माण गरी समाजलाई हस्तान्तरण गर्नुभएको छ ।
भक्तपुर नगरपालिकाको लगानीमा मल्लकालीन थन्थु दरबार पुनः निर्माण सुरु गरिएको छ । वि.सं.२०७२ को भूकम्पले क्षतिग्रस्त भएर पुनः निर्माणको पर्खाइमा रहेको उक्त दरबार भक्तपुर नगरपालिकाले दातृ निकायको सहयोग नलिई आफ्नै लगानीमा पुनः निर्माण सुरु गरेको हो ।
पश्चिम पाल्पामा पहिलो पटक गरिने सुन्तला महोत्सवमा सुन्तला किसानका लागि सचेतना कार्यक्रम गरिने भएको छ ।
आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका भारतीय कामदारहरूले कठिन परीक्षाको त्रास, आशा र प्रार्थनाले उनीहरूलाई बलियो बनाएको बताएका छन् ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –१ जुकेपानी हिउँदे काँक्रो खेतीका लागि प्रख्यात छ । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्न व्यस्त छन् । बजार भाउ नपाउँदा भने किसान चिन्तित छन् ।
यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यसवर्षदेखि वितरण नगर्ने भएको हो ।
बुद्धजन्मस्थल लुम्बिनीमा शान्तिका लागि प्रार्थना गर्न कोरियाली धर्मगुरुद्वारा ‘शान्ति घण्टी’ निर्माण गरिएको छ । कोरिया–नेपाल मित्रता पिस पार्कमा कोरियाली बौद्ध धर्मगुरु सन्मुक हेजाको नेतृत्वमा डेढ टनको घण्टी निर्माण गरिएको हो ।
बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खास गरी कलेजको व्यवस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् ।
जिल्ला सदरमुकाम खलङ्गाको पर्यटकीय स्थल मल्लरानीको पर्यटन प्रवर्धनका लागि मल्लरानी पर्यटन सडक कालोपत्रे गरिएको छ । सदरमुकाम खलङ्गादेखि मल्लरानीसम्म करिब पाँच किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको हो ।
तनहुँको व्यास नगरपालिका–१४ केशवटार, रुम्सीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । स्थानीयले देखेपछि अजिङ्गरको संरक्षणका लागि डिभिजन वन कार्यालय तनहुँलाई खबर गरेका थिए ।
विवाहमा गएको एक युवकको कुटपिट गरी हत्या गरेको आरोपमा कैलाली प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।
सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । स्वदेशी, विदेशी लगानीकर्तालाई नेपालका आयोजनामा लगानी आह्वान गर्न आउँदो वैशाख ९ र १० गते काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्ने मिति तय भएको छ ।