• १२ साउन २०८१, शनिबार

किसानलाई सुन्तलाबारे सचेतना कार्यक्रम हुने

blog

कार्यक्रमबारे पत्रकार सम्मेलन मार्फत जानकारी गराइँदै । तस्बिर : विन्दु थापा

बिन्दु थापा 

पाल्पा, मंसिर १३ गते । पश्चिम पाल्पामा पहिलो पटक गरिने सुन्तला महोत्सवमा सुन्तला किसानका लागि सचेतना कार्यक्रम गरिने भएको छ ।

पाल्पाको तानसेनमा पत्रकार सम्मेलन गरी सुन्तला महोत्सवको बारेमा प्रष्ट पार्दै रिब्दिकोट गाउँपालिकाका प्रमुख नारायणबहादुर कार्कीले सो कुरा बताउनुभएको हो । किसानका लागि सचेतना दिने विभिन्न प्रविधिको बारेमा जानकारी गराउने र किसानलाई हौसला दिन महोत्सवको आयोजना गरेको बताउनुभयो । 

सुन्तला जात फलफूल विकास केन्द्र पाल्पाका प्रमुख दीपक भट्टराईले सुन्तला महोत्सवमा सुन्तला उत्पादन बढाउन र व्यावसायिक बनाउन प्राविधिक ज्ञान आवश्यक पर्ने भन्दै सो बारेमा विभिन्न प्राविधिक पक्षमा जानकारी गराइ किसानलाई प्रोत्साहित गरिने उहाँले बताउनुभयो । 

रिब्दिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले सुन्तला किसानका लागि प्रतिकेजी दुई रुपियाँ प्रोत्साहन रकम उपलब्ध गराएको र खाडल खन्दा, बिरुवा लैजाँदा पनि गाउँपालिकाले अनुदान दिंदैआएको बताउनुभयो । 

मैनादिमा एउटै परिवारले सिजनमा १० लाखदेखि २० लाखसम्मको सुन्तला बिक्री गर्नेगरेको रिब्दिकोट गाउँपालिका –७ का अध्यक्ष दानबहादुर कुँवरले जानकारी दिनुभयो । मैनादिमा ३५० हेक्टर क्षेत्रफलमा सुन्तला रोपिएका छन् ।