• १२ साउन २०८१, शनिबार

तनहुँमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला

blog

तनहुँमा फेला परेको लोपोन्मूख प्रजातिको अजिङ्गर । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, मङ्सिर १३ गते ।
 तनहुँको व्यास नगरपालिका–१४ केशवटार, रुम्सीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । स्थानीयले देखेपछि अजिङ्गरको संरक्षणका लागि डिभिजन वन कार्यालय तनहुँलाई खबर गरेका थिए ।

फेला पारेको अजिङ्गरलाई डिभिजन कार्यालय तनहुँको गस्ती टोलीद्वारा  उद्धार गरिएको छ । उद्धार गरिएको अजिङ्गर करिब १० फिट लामो लम्बाइ रहेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी राजकुमार श्रेष्ठले बताउनुभयो । अजिङ्गरलाई डिभिजन वन कार्यालय तनहुँमा घाइते तथा टुहुरा वन्यजन्तु उद्धार केन्द्रमा राखिएको जानकारी श्रेष्ठले दिनुभयो ।

अजिङ्गरको स्वास्थ्य अवस्था राम्रो रहेकाले बुधबार साँझ सुरक्षित स्थानमा छाड्ने तयारी भइरहेको जानकारी उहाँले दिनुभयो ।