• २२ असार २०८१, शनिबार

कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा

blog

दुबई, मङ्सिर १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार संयुक्त अरब इमिरेट्सको दुबई पुग्नुभएको छ । 

स्थानीय समय अनुसार राति करिब १ः३० बजे उहाँ दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको हो । दुबई विमानस्थल प्रधानमन्त्री प्रचण्डलाई  नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सी लगायत युएईस्थित दूतावासका अधिकारीहरूले उहाँको स्वागत गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आज राजधानी आबुधाबीमा रहेको नेपाली दूतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ । 

कोप–२८ मङ्सिर १४ देखि २६ गते ९नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख० सम्म दुबईमा हुँदै छ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम छ । उहाँले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनुहुनेछ ।