• २१ फागुन २०८०, सोमबार

शिक्षक दरबन्दी कटौती भएपछि विद्यार्थी आन्दोलित

blog

आन्दोलित विद्यार्थी । तस्बिर सौजन्य : सामाजिक सञ्जाल

अविनाश चौधरी
धनगढी, मङ्सिर १३ गते ।
 कैलालीको धनगढीमा रहेको त्रिनगर माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।विद्यालयमा भएको शिक्षकको सरुवा गरिएको विरोध र आवश्यक शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन् ।

आन्दोलनरत विद्यार्थीले आज (बुधबार) धनगढी उपमहानगरपालिकाको कार्यालय घेराउ गरेर प्रदर्शन गरेका छन् । उनीहरूले धनगढी उपमहानगरपालिकाको गेटमा तालाबन्दीसमेत गरेका थिए ।

विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दी थप्नु पर्नेमा कटौती गरेर भएका शिक्षक पनि सरुवा गरिएपछि विद्यार्थी आन्दोलनमा उत्रेको विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले बताउनुभयो ।

उहाँका अनुसार त्रिनगर माध्यमिक विद्यालयमा नौ जनाको दरबन्दी रहेको थियो । एउटा दरबन्दी कटौती गरिएपछि आठ जना शिक्षक कार्यरत छन् । विद्यालयमा दुई हजार ३८० जना विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।