• १२ साउन २०८१, शनिबार

लिग तेक्वान्दो च्याम्पियनसिप बिहीबारदेखि

blog

फाइल तस्बिर ।

काठमाडौँ, मङ्सिर १३ गते । दोस्रो एनटिए लिग तेक्वान्दो च्याम्पियनसिप बिहीबारदेखि हुने भएको छ । मङ्सिर १६ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा पुम्से र ग्यरोगीतर्फ ७२ स्वर्ण पदकका लागि ६५० खेलाडीको सहभागिता रहने आयोजक नेपाल तेक्वान्दो सङ्घले जनाएको छ ।

लिगबाट नयाँ खेलाडीको पहिचान र भविष्यमा राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने सङ्घको लक्ष्य रहेको छ । प्रतियोगितामा नेपाल पुलिस, नेपाली सेना र सशस्त्र प्रहरी एपीएफ क्लबसहित देशभरका खेलाडीबिच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताबाट खेलाडीको राष्ट्रिय वरियता मापन गरिने पनि सङ्घले जनाएको छ । प्रतियोगिताका खेलहरू ललितपुर सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमी भवनमा सञ्चालन हुनेछ ।