• ७ जेठ २०८१, सोमबार

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

blog

शालिग्राम नेपाल 

चितवन, असार ४ गते । पूर्वी चितवनको टाँडीमा ट्रकले साइकलयात्रीलाई ठक्कर दिंदा एक युवकको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर ९ गणेशचोकमा ना ४ ख २७४८ नम्बरको ट्रकले साइकलयात्री रत्ननगर १० बस्ने ३७ वर्षीय उमेश दराईलाई ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते भएका दराईको उपचारका लागि भरतपुर अस्पताल लैजाँदैगर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टाँडी, खैरहनी, भण्डारा र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।