• ७ जेठ २०८१, सोमबार

मुग्लिन–नारायणगढ सडकखण्डको चारकिलोमा सुख्खा पहिरो जाँदा राजमार्ग अवरुद्ध

blog

शालिग्राम नेपाल 

चितवन, असार ४ गते । मुग्लिन नारायणगढ सडकखण्डको चारकिलोमा सुख्खा पहिरो खसेपछि बिहान ११ः३० देखि राजमार्ग अवरुद्ध भएको छ । 

राति पानी परे पनि बिहान विना वर्षा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा खसेको पहिरो पन्छाउन प्रहरी परिचालन भएको  छ । 

गएराति पनि मुग्लिन नागढुङ्गा सडकखण्ड अन्तर्गत चितवनको घोप्टेभीरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । राति १ बजे अवरुद्ध सडकलाई साढे २ बजे पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको थियो । 

यो राजमार्गमा पहिरो आउने जाने क्रम चलिराखेको छ ।