• ७ जेठ २०८१, सोमबार

जिसस प्रमुखमा गठबन्धनबाट शर्माको उम्मेदवारी घोषणा

blog

राजन रावत

हुुम्ला,  असार ४ गते । जिल्ला समन्वय समितिमा हुने निर्वाचनमा तीन दलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय गरेको छ । 

जिसस निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच तालमेल भएपछि एकीकृत समाजवादीका शिवराज शर्माले प्रमुख पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । 

उहाँ एकीकृत समाजवादी केन्द्रीय सदस्य र हुम्ला जिल्लाका अध्यक्ष समेत हुनुहुन्छ । उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका दलुु फडेरालाई उम्मेदवारी दिने निर्णय भएको छ ।

उक्त पार्टीलाई अन्य तीन सदस्य परेकोमा महिला सदस्य नाँम्खा, दलित महिला ताँजाकोट र खुुल्ला सदस्य सर्केगार्ड गाउँपालिकालाई दिने निर्णय गरिएको छ ।

त्यसैगरी, चार जना सदस्य पाएको नेपाली काँग्रेसले दुुई जना महिला सदस्य सिमकोटबाट, खुल्ला सदस्यमा खार्पुनाथ र चङ्खेली गाउँपालिका उम्मेदवारी दिने तयारी गरेको छ ।  

यसका लागि आइतबार अर्थात असार ५ गते उम्मेदवारी दिने कार्यतालिका  छ भने असार ७ गते निर्वाचन हुँदैछ । 

गाउँपालिकामा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तीन अध्यक्ष र तीन  उपाध्यक्षमा निर्वाचित भएका छन् भने माअ‍ोवादी केन्द्रबाट पनि तीन जना अध्यक्ष र तीन जना उपाध्यक्ष निर्वाचित भएका छन् । 

एक जना अध्यक्ष स्वतन्त्रबाट निर्वाचित हुँदा उपाध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका छन् ।