शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले समाजमा गलत सूचना, विभेदजन्य र द्वेषपूर्ण अभिव्यक्ति निराकरणका लागि शिक्षा शक्तिशाली हतियार भएको बताउनुभएको छ। द्वेषपूर्ण (हेट स्पिच) अभिव्यक्तिविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार आयोजित दक्षिण एसियाली उपक्षेत्रीय कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले शिक्षाका माध्यमबाट द्वेषपूर्ण अभिव्यक्ति र यसबाट उत्पन्न अवस्थाको सुझबुझपूर्ण व्यवस्थापन र उच्च समावेशी, सहनशील तथा सभ्य समाज निर्माण गर्न सकिने बताउनुभयो। सञ्चार साक्षरतालाई औपचारिक र अनौपचारिक शिक्षा पाठ्यक्रममा समावेश गरेर समग्र शिक्षा जगत्लाई द्वेषपूर्ण अभिव्यक्तिमुक्त गर्न सकिने पनि उहाँले बताउनुभयो।
अर्जुन चौपारी गाउँपालिका–६, धुले चैनपुरका अतिविपन्न ६५ वर्षीय सेते खड्काले नयाँ घर पाउनुभएको छ । बाँसले बारेर त्रिपालले छाएको घरमा बस्दै आउनुभएका खड्कालाई दलित उत्थान केन्द्र अर्जुन चौपारीले घर बनाएर दिएको हो । आआफ्नो वर्ग, जात जातिमा आउने रकम सोही जात जातिमा प्रयोग गरिरहँदा यहाँको दलित उत्थान केन्द्रले गैरदलित खड्काको घर बनाइदिएर नमुना काम गरेको हो । गत मङ्सिर १८ गते जिल्ला प्रशासनमा दर्ता भएको केन्द्रले गरिब विपन्न तथा असहायलाई सहयोग गर्ने अभियान अन्तर्गत सेते खड्काको घर बनाएको हो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपतबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, पुनस्र्थापना र विच्छेद भएको सडकलाई जोड्ने कार्य प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताउनुभएको छ ।
अखण्ड भारतसम्बन्धी नक्साका विषयमा भारतको विदेश मन्त्रालयले नेपाललाई जवाफ दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मङ्गलबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रश्नको जवाफ दिने क्रममा भारत सरकारका तर्फबाट त्यहाँको विदेश मन्त्रालयले जानकारी दिएको जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले तनावमुक्त हुन योग आवश्यक रहेको बताउनुभएको छ। अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) का अवसरमा बुधबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले योगले तनावमुक्त हुने र रोग प्रतिरोधात्मक क्षमता बढाउने बताउनुभएको छ। उहाँले सकारात्मक सोच विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्त गर्नसमेत योगले मद्दत पु-याउने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ।
सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा करिब १५ सय बेवसाइट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता सफल श्रेष्ठले डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको जानकारी दिनुभयो। तर यसबाट सेन्टरका कुनै पनि डाटा र सूचनामा क्षति नपुगेको उहाँले बताउनुभएको छ। श्रेष्ठका अनुसार मङ्गलबार बिहानैदेखि केन्द्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको बताउनुभयो। विद्युत् प्राधिकरणको केबलमा हिट भएपछि मङ्गलबार दिउँसो करिब २ बजे केन्द्रको गेटमै रहेको मुख्य ट्रान्सर्फमर ठुलो आवाजसाथ पड्किएको थियो। त्यसपछि सिंहदरबारभित्र विद्युत् आपूर्ति पूर्र्ण रूपले अवरुद्ध भएको थियो।
गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै छ। बुधबार चीनको छेङ्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको चार्टर्ड जहाज पोखरामा अवतरण हुनेछ। हाल सिचुवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्दै आएको छ। पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले भन्नुभयो, “फेवातालमा असा
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोकुमार राईले शिक्षा गलत सूचना, विभेदजन्य र घृणापूर्ण अभिव्यक्तिको निराकरण गर्ने शक्तिशाली हतियार भएको बताउनुभएको छ।
आफ्नो जीवनकालमा विशिष्ट योगदान दिनुभएका सामाजिक तथा साहित्यिक व्यक्तित्वको नाममा सरकारले हुलाक टिकट प्रकाशन गरेको छ ।
काठमाडौं, असार ५ गते । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस नतर्सिने बताउनुभएको छ । मंगलबार संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले समाजवादी मोर्चाबाट कांग्रेस नतर्सिएको बताउनुभएको हो । उहाँले अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पार्नुभयो । उहाँले एमालेसँग दुरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताले समाजवादी मोर्चा घोषणा गरेको बताउनुभयो । उहाँले समाजवादी मोर्चासँग आशंका गरेर कांग्रेस सरकारबाट नबाहिरिने बताउनु भयो । उहाँले विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना अब रहेन, एमालेसँग दुरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरुले यो गरेका हुन् । यो मोर्चा बनाएपछि सरकार फेरिने, कांग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन । हाम्रो भाषण कम छ तर वैचारिक बहस पनि कम भएको छ । विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी चल्नुपर्छ । बैठक नियमित ढंगबाट बस्नुपर्छ । जुन विषयमा निर्णय गर्नुपर्नेछ, त्यो निर्णय सभापति र उहाँले मन पराएका दुई चार जना मात्रै बसेर गर्नु भएन । कार्य सम्पादन, केन्द्रीय समितिहरु पनि त्यसमा सहभागी हुनुपर्छ ।’’सांसद पौडेलले पार्टीबाट गरिने निर्णय सभापति र सभापतिका नजिकका केही नेतामात्रै बसेर गर्न नहुने बताउनुभयो ।
कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ ।
साविक विजेता फ्रिडम फाइटरले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बझाङको केदास्यु गाउँपालिका-१ को धारछडामा सोमबार गाडी दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा निधन भएको छ।
नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा लगातार तेस्रो हार खेपेको छ ।
युक्रेनी सेनाले रूस र क्रिमियाको प्रायद्वीपमा आक्रमण गर्न पश्चिमा सेनाले आपूर्ति गरेको क्षेप्यास्त्र प्रयोग गर्ने योजना बनाएको मङ्गलबार मस्कोले दाबी गरेको छ ।