ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत गृह बगाएको छ । गत शुक्रबार, शनिबार र आइतबार वर्षासँगै आएको बाढीपहिरोले लघु जलविद्युत गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्धकार बस्न बाध्य छन् ।
कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका -८ गँगटेस्थित सडकखण्डमा भएको कार दुर्घटनामा चालकको मृत्यु भएको छ ।
औषधि व्यवस्था विभागले बिरामीलाई अति आवश्यक औषधिको उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका -८ गँगटेस्थित सडकखण्डमा कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नेपाली प्रेस र बार एसोसिएसनको सक्रिय भूमिकाका कारण लामो समयदेखि न्यायालयमा रहेको नेतृत्वको अन्योल हटेको बताउनुभएको छ ।
दुर्गमको सर्केगार्ड गाउँपालिकाको साँबया स्वास्थ्य चौकीमा सञ्चालन गरिएको दुई दिने आँखा शिविरमा ४५ जना ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध आज (मङ्गलबार) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मङ्गलबार) दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव ५६ अङ्कले ओरालो लागेर दुई हजार ६४ दशमलव ८३ मा सीमित भएको छ ।
बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भर्खरै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो।
जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोट खेल अन्तर्गत समूह चरणको दोस्रो खेलमा अमेरिकाले जितको लागि नेपाललाई दुई सय आठ (२०८) रनको लक्ष्य दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रूपान्तरणका निम्ति अपरिहार्य भएको बताउनुभएको छ।
बझाङ दुर्घटनामा घाइते हुनुभएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित घाइते तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
नेकपा (एमाले) स्वास्थ्य तथा जनसङ्ख्या विभागले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ । एमाले स्वास्थ्य विभाग प्रमुख एवम् पूर्व स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सदस्य टोलीले मङ्गलबार मन्त्री बस्नेतलाई मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएको हो ।
जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोट खेल अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले मङ्गलबार अमेरिकाविरुद्ध कसिलो बलिङ गरेको छ।