• १२ असार २०८१, बुधबार

घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा दायर

blog

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।

काठमाडौं, असार ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध आज (मङ्गलबार) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालले जाहेरी दर्ता गर्ने क्रममा भदैसवारले सेवाग्राहीसँग नौ हजार  घुस लिइसकेको अवस्थामा आयोगको टोलीले केही दिनअघि भदैसवारलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

आरोपी प्रहरी सहायक निरीक्षक भदैसवारविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।