दुई महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिङ्कर’को उत्पादन पनि सुरु गरेको जनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग, ध्यान र व्यायामले मानिसको मन सफा, शरीर स्वस्थ र निरोगी बनाई स्वस्थ जीवनयापनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो ।
महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले यो वर्ष खरिद गरेका उखुको वृद्धि रकम भुक्तानी गरेको छ । मिलले प्रति क्विन्टल वृद्धि रकम २० रुपियाँको दरले पाँच करोड २६ लाख १४ हजार नौ सय ४० रुपियाँ किसानको खातामा जम्मा गरेको एभरेष्ट चिनी मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी उपचारका क्रममा निधन भएकामा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षहरूले जागरूकता देखाउनुपर्ने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीले जिप दुर्घटनामा परेर निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको छ ।
कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागूऔषध कारोबार र दुर्व्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका –१ भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जनाएको हो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
बाढीपहिरोका कारण ताप्लेजुङमा मङ्गलबारसम्म १३ घर पूर्णरुपमा क्षति पुगेको छ । गत बिहीबारदेखि सुरु भएको वर्षासँगै गएको बाढीपहिरोले जिल्लाका विभिन्न क्षेत्रमा दर्जन बढी घर बगाएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले नेपाल र भारतबीचको सम्बन्ध हिमालको उचाइ झैँ अघि बढिरहेको बताउनुभएको छ ।
असार २ गते परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी पाँचथरमा विस्थापित हुनेको सङ्ख्या ४४७ पुगेको छ ।
बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ गुल्मीको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । मङ्गलबार बौद्धिक अपाङ्ग पुनः स्थापना केन्द्रको सभा हल तम्घासमा भएको बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ जिल्ला कार्य समितिको छैटौँ अधिवेशन तथा दसौँ साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।