भित्री मधेशको चुरे क्षेत्रमा वर्षा नभएको दुई महिना भयो। चैत महिनाको तेस्रो सातापछि हालसम्म वर्षा भएको छैन। वर्षा नहुँदा चुरेका खोलानाला सबै सुक्न थालेका छन्। चुरे क्षेत्रमा बसोवास भएका आलिताल गाउँपालिका–६ र ७ नम्बर वडाका दर्जन बढी गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ। खोलानालासमेत सुक्दा रोपाइँ गर्ने समयमा खेत बाँझै छन्। सिँचाइको व्यवस्था भएका गाउँमा रोपाइँ गर्न राखिएको धानको बेर्नासमेत सुक्न थालेका छन्। खोलामा नै पानी सुक्न थालेपछि सिँचाइ सुविधा भएका गाउँमासमेत बेर्ना सुक्न थालेका हुन्।
गौशाला नगरपालिका -१० स्थित आँप बगैँचा भित्र लुकाई छिपाई राखेको अवस्थामा वन कर्मचारीले चोरी तस्करीका काठ नियन्त्रणमा लिएको छ । वन कर्मचारीको रात्रिकालीन गस्तीले स्थानीय तिलक पासवानको आँप बगैँचाबाट सात थान साखु जातको गोलिया बरामद गरेको हो ।
जाजरकोटका दुर्गम गाउँबस्तीमा देखिने ढिकीजाँतो लोप हुन थालेका छन्। आधुनिक प्रविधिको विकास भएसँगै परम्परागत कुटानी पिसानीका लागि प्रयोग हुने ढिकीजाँतो हराउन थालेका हुन्। ग्रामीण भेगका गाउँबस्तीमा सोलार र बिजुली बत्तीबाट चल्ने आधुनिक प्रविधिका कुटानी पिसानीका मिल प्रयोगमा आएपछि परम्परागत ढिकीजाँतो हराउँदै गएको बताइन्छ। रातभर जाँतोमा गहुँ, मकै, कोदो पिस्ने, ढिकीमा धान कुट्ने अनि रमाइलो गर्ने, एकअर्कासँग मायाप्रेम साट्ने काम ढिकीजाँतोकै बेला हुने गरेको अगुवा बताउँछन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढी पहिरोका कारण देशका विभिन्न भू-भागमा ठुलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै बाढी पहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको बताउनुभएको छ।
दाङको घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले देशकै ठुलो उपमहानगरपालिका हो। चुरे र महाभारत पर्वतले घेरेको एसियाकै दोस्रो ठुलो उपत्यका दाङमा रहेको घोराही उपमहानगरपालिका कुल ५२२.२१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। १९ वडामा फैलिएको घोराही उपमहानगरपालिका साबिकको राप्तीको प्रमुख केन्द्रका रूपमा रहेको छ। कृषि, शिक्षा, स्वास्थ्यसँगै पयर्टनका दृष्टिले अत्यन्त सम्भावना बोकेको घोराहीको विकास गर्दै कृषिमा आत्मनिर्भर, सफा, स्वच्छ र हरित सहरका रूपमा अघि बढाउनका लागि नगर प्रमुख नरुलाल चौधरी प्रयासरत हुनुहुन्छ। यसै सन्दर्भमा नगर प्रमुख चौधरीसँग गोरखापत्र दैनिकका घोराही समाचारदाता लीलाधर व
पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश राई घाइते भएको स्थानीय शिक्षक कमल कडरियलाले जानकारी दिनुभयो । उहाँका अनुसार सुरेशका बाबु केशरबहादुर राई सम्पर्कमा नरहेको बताइएको छ ।
लामो समयदेखि पानी नपरेपछि रुपन्देहीका थारू समुदायका महिलाले भगवान् इन्द्रदेवसंँग पानीको बिन्ती गर्दै ‘गोरु बेराई’ गरेका छन्। महिलाले रातिको समयमा गोरु बनेर उल्टो हलो जोत्ने, भगवान् इन्द्रदेवलाई खुसी पार्न पानी माग्दा गाउने बिरहिनी गीत गाएर पानीको माग गरेका छन्। थारू भाषाका कवि बमबहादुर चौधरीले रुपन्देहीका विभिन्न पालिकामा थारू समुदायका महिलाले रातिमा बिरहिनी गीत गाउँदै उल्टो हलो जोतेर भगवान् इन्द्रदेवसँग पानीको माग गरेको बताउनुभयो।
कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ । आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई रु एक लाख दिन नियर्ण गरेको हो ।
दमौली अस्पतालस्थित मिर्गौला उपचार केन्द्रमा रहेका ११ मध्ये पाँच डायलासिस मेसिन बिग्रिएका छन्। छ वटा मेसिन मात्र सञ्चालन भएपछि मिर्गौलाका बिरामीले सहज रूपमा सेवा पाउन सकेका छैनन्। मर्मतपछि सञ्चालनमा ल्याइएका पाँचमध्ये २४ घण्टा नबित्दै अस्पतालका दुईवटा डायलासिस मेसिन पुनः बिग्रिएपछि बिरामी मर्कामा परेका हुन्। दमौली अस्पतालमा पर्याप्त मात्रामा डायलासिस मेसिन नहुनु र भएका मेसिनमध्ये पाँचवटा बिग्रिएपछि डायलासिस गराउन पालो कुर्नुपर्ने बाध्यता भएको छ।
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेमगरले प्रदेश सरकारले देखाउन मात्र नभई काम गर्न बजेट ल्याएको बताउनुभएको छ। मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री आलेमगरले प्रदेशको औचित्य पुष्टि गर्ने गरी देखाउन मात्र नभएर काम गर्न नै बजेट ल्याएको स्पष्ट पार्नुभयो। “कसै कसैले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाइरहेका छन्, प्रदेश सरकारको औचित्य पुष्टि हुने गरी देखाउन मात्र होइन काम गर्न
नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले राज्यमा रहेका तीन वटै तहका सरकारले कृषि क्षेत्रमा जोड दिनुपर्ने बताउनुभएको छ । स्याङ्जाको भिरकोट नगरपालिका–५, केराबारीमा सुन्तला रोपण अभियान शुभारम्भ गर्दै मन्त्री भुसालले किसानको मुख्य समस्याका रूपमा रहेका बाँदर समस्या समाधानका लागि सरकारले योजना बनाएको पनि बताउनुभयो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले आफ्नो कार्यकालभर काम गर्ने १० वटा प्राथमिकता तय गर्नुभएको छ । कार्यकारी निर्देशकमा हालै नियुक्त हुनुभएका डा. भट्टराईले कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसाललाई आफूले गर्ने प्राथमिकताका १० बुँदे सूची बुझाउनुभएको छ ।
स्वतन्त्र रूपमा काम गर्न नपाउँदा स्थानीय तहको कार्य सञ्चालनमा कठिनाइ भइरहेको प्रमुख प्रशासकीय अधिकृतहरूले गुनासो गरेका छन्। धनौजी गाउँपालिकाको सभा हलमा शनिबार आयोजित स्थानीय तहमा कार्य सम्पादन तथा सेवा प्रवाहमा आउने व्यवहारिक तथा प्राविधिक समस्यालाई चुस्तदुरुस्त बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करबिच भएको छलफल कार्यव्रmममा धनुषाका प्रमुख प्रशासकीय अधिकृतहरूले यस्तो गुनासो गर्नुभएको हो। उहाँहरूले स्वतन्त्र भएर काम गर्न नपाउँदा विभिन्न खालका धाकधम्कीलगायतका समस्यासँग जुध्नु परेको गुनासो गर्नुभयो।
धनकुटाका चार वटा सडक एकै साथ कालोपत्रे भइरहेका छन्। यसरी यति धेरै सडक कालोपत्रे भएको धनकुटामा यो पहिलो हो। कोशी प्रदेशकै ठुलो आयोजना भनिएको तमोर कोरिडोर अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरसम्मको विभिन्न सडकखण्ड कालोपत्रे भइरहेका छन्। कुल ११२ किलोमिटर लम्बाइ रहेको यो सडकले कोशी प्रदेशका पहाडी जिल्लाहरू धनकुटा, तेह्रथुम, ताप्लेजुङ र पाँचथरको यात्रालाई अत्यन्तै छोटो बनाएको छ।
काठमाडौँ उपत्यकामा विद्यमान खानेपानी अभावको दिगो एवं दीर्घकालीन रूपमा समाधान गर्ने लामो समयदेखिको चुनौती हो । यो चुनौती सामना गर्दै काठमाडौँ, मेलम्ची र मण्डन उपत्यकाका बासिन्दाको स्वास्थ्य स्थिति तथा जीवनस्तर सुधार ल्याउन सहयोग पु-याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो । कुल ३५ अर्बभन्दा बढी रुपियाँ र २१ वर्ष लगाएर मेलम्चीको पानी काठमाडौँ उपत्यकाका धारामा खसाउन थालिएको छ । पहिलो चरणको लक्ष्य अनुरूप दैनिक १७ करोड लिटर पा