आफूले उपभोग गर्दै आएको जमिनको जग्गाधनी पुर्जासमेत छैनभन्दा आश्र्चय लाग्न सक्छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी विना जग्गाधनी पुर्जा जीवन यापन गर्न विवस छन् ।
सेती लोकमार्ग अन्तर्गत खप्तडछान्ना गाउँपालिकामा निर्माण गर्ने भनिएका दुई वटा पक्की पुल निर्माण कार्य अलपत्र परेको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण खप्तडछान्ना–१, कुचेखोला (कलिपछाई) र खप्तडछान्ना–७, गडरायमा निर्माण हुने भनिएका पुलको निर्माण कार्य अलपत्र परेको हो ।
चिसो बढ्दै जाँदा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन् । उनीहरु दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने जनाइएको छ ।
उमेरले ७८ वर्ष पुगिसक्नुभएका वीरबहादुर चन्द गाउँमै हाते कागज उद्योग खोलेर नेपाली कागजको महत्व बुझाउँदै हिँड्नुभएको छ । पूर्व गाविस अध्यक्षसमेत रहनुभएका चन्द स्थानीय सरकारले नेपाली कागज किन्नुपर्ने माग राख्दै आउनुभएको छ । स्थानीय तहको सरकारले नेपाली कागज प्रयोग गर्ने चासो नदेखाउँदा उत्पादित हाते कागजका दुई हजार चार सय कोरी उद्योगमा थन्किएर बसेको उहाँले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिममा अस्थायी आवास निर्माण सुरु गरेको छ । रेडक्रसले तत्कालीन परिपूरणका लागि सहयोग गर्नेसमेत जनाएको छ । रेडक्रस रुकुमपश्चिम शाखाले जिल्लामा दुई सय ५० वटा अस्थायी आवास निर्माणको काम सुरु गरेको छ । भूकम्प प्रभावित परिवारलाई तत्कालीन परिपूरणका लागि सहयोग गर्नेसमेत जनाइएको छ । शाखाका सभापति रमा गौतमका अनुसार अहिले जिल्लाका दुई वटा स्थानीय तहमा अस्थायी आवास निर्माणको काम सुरु गरिएको छ । सानीभेरी गाउँपालिका–४ र त्रिवेणी गाउँपालिका–९ र १० मा दुई सय ५० वटा अस्थायी आवास निर्माणको काम जारी रहेको सभापति गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सानीभेरीमा १५०, त्रिवेणीका दुई वडामा ५०/५० वटा अस्थायी आवास निर्माण हुने छन् । यी आवास सरकारले निर्माण गरेको कार्यविधि अनुसार नै निर्माण हुने छन् । सभापति गौतमले अहिले लाभग्राहीसँग सम्झौता भई निर्माणको काम भइरहेको बताउनुभयो । स्थानीय तहसँगको छलफलबाट लाभग्राही छनोट गरिएको हो । रेडक्रसमार्फत अस्थायी आवास निर्माण भएका प्रभावितले सरकारले दिने अस्थायी आवासको रकम भने पाउने छैनन् । परिपूरणका लागि थप सहयोग
नेपालगन्ज उपमहानगरपालिकाले सडकमा जथाभाबी फोहोर फाल्नेलाई कारबाही गरेको छ । कारबाहीस्वरूप १० हजार रुपियाँ जरिबाना तिराएको उपमहानगरले जनाएको छ । उपमहानगरपालिकाले बुधबार नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई कारबाहीस्वरूप १० हजार रुपियाँ जरिबाना गराएको जनाएको छ । उपमहानगरका अनुसार नन्दादेवी कन्सर्नले सडकको किनारामा जथाभाबी रूपमा औषधीजन्य फोहोर फालेको थियो ।
रचनाका आधारमा गीतका दुई पक्ष हुन्छन्– साहित्यिक र लोकगीत । ती दुवै गीत एक सिर्जनात्मक शैलीमा संरचनात्मक माध्यमबाट गाइन्छ । तिनको व्याख्या राष्ट्रको भौतिक विकास, भूगोलैतिहासिक आधारमा परिवर्तित र विकसित हुँदै गएको देखिन्छ, विशेषतः राष्ट्रको परिवर्तनसित त्यस मुलुकको गीत–सङ्गीतले कोल्टो फेर्दै गरेको पाइन्छ ।
रुपन्देहीको सैनामैना नगरपालिका–११, बिचौवापुर र कञ्चन गाउँपालिका–१ को बिचमा पर्ने कञ्चन नदीमा पुल बनेपछि स्थानीय बासिन्दा खुसी भएका छन्। पुल बनेर यातायात सञ्चालन भएपछि सैनामैना नगरपालिकाको दक्षिण क्षेत्र र कञ्चन गाउँपालिकाको दानापुर क्षेत्रका जनतालाई ठुलो सुविधा पुगेको छ।
सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् ।
राज्यका नीति, नियमविपरीत र स्थानीयको विरोध हुँदाहुँदै पनि सुर्खेतमा निर्बाध रूपमा क्रसर तथा बालुवा प्रशोधन सञ्चालनमा रहेका छन् । पटक पटक बन्द गर्न आग्रह गर्दा पनि दर्ताबिनाका क्रसर सञ्चालनमा रहेको पालिकाले जनाएका छन् । पश्चिम सुर्खेतको वराहताल गाउँपालिका–२, थापाडेरादेखि डोप्कासम्म चार वटा क्रसर उद्योग इजाजतबिनै सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ । पालिकाले दिएको जानकारी अनुसार हिमाल बालुवा प्रशोधन उद्योग, देउतीमाता बालुवा प्रशोधन उद्योग, रामजानकी प्रशोधन उद्योग र केसी बालुवा प्रशोधन उद्योग सञ्चालनमा छन् ।
इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाउनुभएको छ ।
मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डमा पछिल्लो समय धमाधम काम भइरहेको छ । आयोजनाले ठेक्का सम्झौता तोड्ने चेतावनी दिएपछि चिनियाँ निर्माण कम्पनी अनहुई काइयुआन आइवे एन्ड ब्रिजले जामुने–पोखरा खण्डमा पनि कामलाई तीव्रता दिएको हो । मङ्सिर महिनासम्म १२ प्रतिशत भौतिक प्रगति भएकोमा अहिले १४ प्रतिशत प्रगति भएको निर्माण कम्पनीको दाबी छ । २०७८ साल भदौदेखि काम सुरु गरिएको यो खण्डको २०८१ साल भदौ १२ गतेसम्ममा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । अहिले सडक निर्माणमा चिनियाँ कामदार ५० जना र नेपाली कामदार ४२५ जना खटिएका छन् । निर्माण कम्पनीले एक्साभेटर ४०, लोडर १०, ग्रेडर छ वटा र पानीको ट्याङ्कर आठ वटा परिचालन गरेको छ ।
पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । करिब रु तीन करोड लागतमा निर्माण भइरहेको आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो ।
नेपालमा एक वर्षको अवधिमा सुशासन प्रवद्र्धन, सेवा प्रवाह, तस्करी र अपराध नियन्त्रणमा आशाको सञ्चार छरिएको छ । सुशासन, सामाजिक न्याय तथा सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको सरकारले अपराध र तस्करी नियन्त्रणमा महत्वपूर्ण कदम चालेको छ ।
गल्याङ नगरपालिका स्याङ्जा जिल्लाको तेस्रो ठुलो व्यापारिक क्षेत्र हो । विभिन्न आठ गाविस गाभिएर गल्याङ नगरपालिका बनेको हो । पालिकाको बिच भागबाट ऐतिहासिक आँधीखोला बगेको छ भने पोखरा र लुम्बिनीलाई जोड्ने सिद्धार्थ राजमार्ग मध्यभागबाट गएको छ । नगरपालिकाको पूर्वमा चापाकोट र वालिङ नगरपालिका, पश्चिममा कालीगण्डकी गाउँपालिका र गुल्मी जिल्ला, उत्तरमा पर्वत र दक्षिणमा पाल्पा जिल्ला पर्दछन् । कुल ११ वटा वडा रहेको यस पालिकाको क्षेत्रफल १२२.७१ वर्ग किमी छ । २०७८ सालको जनगणना अनुसार पालिकाको जनसङ्ख्या ३६ हजार ९६७ रहेको छ । लामो समय विद्यार्थी राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका गुरुप्रसाद भट्टराई २०७९ सालको स्थानीय निर्वाचनमा गल्याङ नगरपालिकाको प्रमुखमा विजयी हुनुभयो । नगरका विभिन्न गतिविधिका बारेमा केन्द्रित रही प्रमुख भट्टराईसँग गोरखापत्रका वालिङ समाचारदाता राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानी :