संविधानमा भएका दलितसम्बन्धी व्यवस्था पूर्णरुपमा कार्यान्वयन गराउनका लागि कञ्चनपुरमा दबाबमूलक अभियान सञ्चालन गरिएको छ । ‘हामी हाम्रा लागि पटक-पटक लड्यौँ, अरूका लागि अब उठौँ लडौँ’ भन्ने कञ्चनपुर जिल्लाव्यापी अभियान सञ्चालन गरिएको छ ।
दूरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम-टेरामक्स) खरिद सम्बन्धमा विस्तृत अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन सङ्घीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
झापामा पहिलो पटक व्यावसायिक रूपमा सौर्य ऊर्जा उत्पादनको परीक्षण सुरु गरिएको छ । झापा इनर्जी कम्पनी लिमिटेडले १० मेगावाट क्षमताको ऊर्जा मङ्गलबार साँझदेखि उत्पादन परीक्षण सुरु गरेको हो ।
कोशी प्रदेश सरकारले रोजगारको खोजीमा रहेका युवा र रोजगारदातालाई एकै ठाउँमा जोड्ने गरी तयार पारिएको श्रम बजार सूचना प्रणाली आइतबारबाट सञ्चालनमा ल्याएको छ ।
नेपाली कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउण्डेसनबिच सहकार्यको सहमति भएको छ ।
चितवनका किसान पछिल्लो समय तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएपछि यहाँका किसान तोरीखेती गर्नतर्फ केन्द्रित भएका हुन् ।
तमु (गुरुङ) सञ्चारकर्मी सङ्घ, नेपालले ६ जना पत्रकारलाई तमु पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले मधेश प्रदेशका आठ वटै जिल्ला अस्पतालको स्तरोन्नति वैशाखसम्म हुने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित हुनुभएको छ । बागलुङ नगरपालिका-१२ अमलाचौरमा जन्मिनुभएका अध्यक्ष ढकाललाई सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज यहाँ आयोजित कार्यक्रममा सम्मान गर्नुभएको हो ।
युक्रेन द्वन्द्वमा पश्चिमी प्रतिबन्धबाट प्रभावित भएको करिब दुई वर्षपछि रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले रुसले आफ्नो तेल निर्यातलाई युरोपबाट चीन र भारततर्फ पुनः निर्देशित गरेको बुधबार बताउनुभएको छ ।
सौराहामा जारी हात्ती महोत्सवको दोस्रो दिन हात्ती सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ‘सेल्फीकली’ हात्ती यो वर्षको हात्ती सुन्दरी घोषणा भएको छ।
पाकिस्तानले चालु आर्थिक वर्ष (जुलाई २०२३ देखि जुन २०२४ सम्म) को डिसेम्बर २० सम्म भुक्तानी सन्तुलनमा वार्षिकरूपमा पाँच अर्ब ६० करोड अमेरिकी डलरले सुधार गरेको वाणिज्य मन्त्रालयले बताएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी-व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
पश्चिमी इराकको मरुभूमिमा मङ्गलबार सडक किनारमा भएको बम विस्फोटमा परी मारिएका दुई कुवेती र साउदी पर्यटकको शव फेला परेको इराकी सेनाले बताएको छ ।
वीरगन्ज भन्सार कार्यालयमा (एकीकृत जाँच चौकी) सवारीसाधन थन्किँदा राजस्व असुलीमा प्रत्यक्ष प्रभाव परेपछि लक्ष्य अनुरूपको प्रगति हुन सकेको छैन।