सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसद दीपक खड्काले सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडमा गएराति अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको भन्दै जतिसक्दो चाँडो उद्धारमा लाग्नु सरकारसमक्ष आग्रह गर्नुभएको छ ।
उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
ताप्लेजुङमा पहिरोले पुरिएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । शनिबार राति सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको हो ।
पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ ।
पहिरोले घर पुर्दा बेपत्ता भएकी पाँचथर फालेलुङ -३ की जुना सावदेनको उद्धार गरिएको छ ।
हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मैथिली साहित्य परिषद्को अध्यक्ष पदमा अवधेश झा निर्वाचित हुनुभएको छ ।
सैँतिस वर्षीय सुशीला शाही कैलाली जिल्लाका पालिकाहरूमा कार्यकारी जिम्मेवारीमा निर्वाचित हुने पहिलो महिला नगर प्रमुख हुनुहुन्छ। नेपाली कांगे्रसको तर्फबाट निर्वाचित उहाँ नगरपालिका सङ्घकी सदस्य तथा महिला विभाग प्रमुख पनि हुनुहुन्छ। प्रस्तुत छ, नगरपालिकाका विभिन्न विषयमा केन्द्रित रहेर लम्कीचुहा नगरपालिकाका प्रमुख शाहीसँग गोरखापत्र दैनिकका लागि टीकापुर समाचारदाता एकिन्द्र तिमिल्सेनाले गरेको कुराकानी।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभएको छ ।
शनिबार राति परेको वर्षासँगै आएको बाढी पहिरोमा परी धनजनको क्षतिप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गर्नुभएको छ ।
पूर्वी चितवनको राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणसँगै विकासको अभियान सञ्चालन गर्ने व्यक्तित्वहरूको योगदानलाई समेटिएको ‘पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ नामक पुस्तकको विमोचन गरिएको छ ।
बैतडीका एक शिक्षकले बाँझो रहेको जग्गा स्याहारेर टमाटर खेती गर्दा वार्षिक चार लाख रुपियाँ आम्दानी भएको छ। शिवनाथ गाउँपालिका–३, पोखरेठीका धनवीरसिंह साउदले बाँझो रहेको करिब पाँच रोपनी जग्गामा एक सय क्विन्टलभन्दा बढी टमाटर उत्पादन गर्नुभएको छ। सो बारीमा १३ वटा पोलिहाउस निर्माण गरेर उत्पादन भएको टमाटर लिन धनगढीबाट व्यापारीहरू गाडी लिएर आएको उहाँले बताउनुभयो। स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा राहत दरबन्दीका शिक्षक साउदले शिक्षण पेसाभन्दा कृषि कर्म आम्दानीको राम्रो स्रोत भएको बताउनुभयो।