• १३ असोज २०८१, आइतबार

ललितकला र सिद्धार्थ फाउण्डेसनबिच सहकार्यको सहमति

blog

फाइल तस्बिर

काठमाडौँ, पुस ११ गते । नेपाली कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउण्डेसनबिच सहकार्यको सहमति भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र फाउण्डेशनका अध्यक्ष सङ्गीता थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

त्यस अवसरमा कुलपति हार्तम्छालीले कला क्षेत्रको विकास तथा विश्वभर प्रचार-प्रसार गर्न सार्वजनिक-निजी साझेदारी अपनाउन आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो,“विश्वमा हाम्रो कलालाई चिनाउन सरकारी तथा गैरसरकारी सङ्घ-सस्थासँगको सहकार्य आवश्यक छ ।” फाउण्डेसनका अध्यक्ष थापाले मौलिक कलालाई सङ्घ, प्रदेश हुँदै स्थानीय तहमा परिचित गराउने तथा त्यसलाई अन्तर्राष्ट्रिय जगत्मा लैजान यो सहकार्य गरिएको बताउनुभयो ।

चित्रकार सुजन चित्रकारले अन्तर्राष्ट्रिय कला महोत्सवका रूपमा ‘काठमाडौँ ट्रियनियल’ आयोजना गरेर  विश्व समकालीन कलाको लागि नेपालको प्रमुख अन्तर्राष्ट्रिय मञ्चका रूपमा काम गरिरहेको बताउनुभयो । काठमाडौँ ट्रियनियल पाँचौँ संस्करणसम्म आइपुग्दा नेपाली कलालाई विश्वबजारमा चिनाउन सहयोग पुगेको उहाँले बताउनुभयो । रासस