मोटरसाइकल चोरीमा संलग्न एक युवक प्रहरीले पिछा गरेपछि भागेर ढलको पानी बग्ने ह्युमपाइपभित्रै गायब भएका छन्। आइतबार दिउँसो काठमाडौँको सेतोपुलमा मोटरसाइकल चोरी गरी भागेका व्यक्तिलाई प्रहरीले मैतिदेवी, सेतोपुलसम्म पिछा गरेपछि कोरिडोरको पुलमुनि रहेको ह्युमपाइपभित्र छिरेका युवक बेपत्ता भएका हुन्। ट्राफिक प्रहरीले ह्युमपाइपभित्र छिरेका युवकलाई भित्रै छिरेर खोज्ने प्रयास गर्दा उनी पाइपभित्र छिरेर बेपत्ता भएको र खोजिकार्य भइरहेको गौशाला प्रहरीले जनाएको छ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आउँदो ११ औँ महाधिवेशन संयुक्त रूपमा आयोजना गर्ने सहमति गर्दै आपसी विवाद टुङ्ग्याएको छ। यसअघि भएको १० औँ महाधिवेशनपछि सङ्घ दुई समूहमा विभाजित भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा आइतबार दुवै पक्षबिच भएको छलफलमा चारबुँदे सहमति गर्दै एक भएको सङ्घले जानकारी दिएको छ। एकताको महाधिवेशनका रूपमा आगामी अक्टोबरमा ११ औँ महाधिवेशन आयोजना गरिने छ। प्रधानमन्त्री प्रचण्ड र नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ को उपस्थितिमा दुई पक्षले एक हुने सहमतिपत्रमा हस्ताक्षर गरेको सङ्घले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।
काठमाडौँ भित्रिने र बाहिरिने लामो तथा मध्यम दुरीका सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्रै छुट्ने र रोकिने व्यवस्था व्यावहारिक नभएको भन्दै यातायात व्यवसायी, मजदुर तथा यात्रुले निर्णय पुनर्विचारको माग गरेका छन्। एक बसपार्क नीति अख्तियार गर्ने भन्दै गत वैशाख २९ गते महानगरपालिका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले गरेको निर्णयमाथि पुनर्विचारको माग गरिएको छ।
पञ्चेश्वर स्वास्थ्य चौकीमा ट्याङ्करबाट पानी लगेर शनिबार साँझदेखि प्रसूति सेवा सुचारु गरिएको छ । पानी पुगेकै राति १२ बजे एक गर्भवतीले स्वास्थ्य संस्थामा शिशु जन्माउनुभएको छ ।
प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ। मौसम बदलीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो ।
खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको जिल्लामा अझै पनि ७०१ घरपरिवार शौचालयविहीन भएका छन् ।
ललितपुर महानगरपालिकाले जात्रा र धार्मिक समितिलाई आर्थिक सहयोग गरेको छ । महानगरले मानमानेश्वरी पायो जात्रा र नवदुर्गा भवानीदेवी जात्रा सञ्चालनका लागि २५–२५ लाखको अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको हो ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले पन्छीपालक कृषकलाई प्रोत्साहन गरेको छ । पालिकाले नवप्रवर्तन साझेदारी कोषमार्फत कृषकलाई चल्ला, दाना र भाँडा वितरण गरिएको छ ।
काठमाडौं, असार ३ गते। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो राजनीतिक योगदान नेकपा (एमाले)मा रहेकाले सोही पार्टीमा रहने इच्छा व्यक्त गर्नुभएको छ। ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज भएको भेटमा सांसद गौतमले आफूलाई एमालेमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष केपी ओलीसँग आग्रह गरेको प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो। भेटमा गौतमले आफूलाई पार्टीमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरेको जानकारी पनि विष्टले दिनुभयो। एमालेले ७० वर्ष उमेर हद हटाएपछि राष्ट्रिय सभाका सदस्य गौतम पूर्व प्रधानमन्त्री ओलीलाई भेट्न पार्टी केन्द्रीय कार्यालयमा पुग्नुभएको थियो। रासस
नेपाल ट्रेड युनियन कांग्रेसको सातौं राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ।
काठमाडौं,असार ३ गते। संगीतकार दीपक शर्मा खुमलटारस्थित मन्जुश्री वृद्धाश्रमका आमालाई सहयोग गर्नुभएको छ।संगीतकार शर्माले आफ्नो नियमित आम्दानीबाट केही रकम यसरी नै खर्चिदै आउनुभएको छ। उहाँले वृद्धाश्रममा पुगेर एक दिन त्यहाँ आश्रृत आमालाई खाना खुवाउनुभएको हो। उहाँले आगामी दिनमा फाउन्डेसन नै खोलेर विभिन्न विपन्न व्यक्ती र समाजमा सहयोग गर्ने सोच राखेको बताउनुभयो। नेपाली संगीत क्षेत्रमा व्यस्त संगीतकार शर्माको पछिल्लो समयमा चलचित्र छक्कापन्जाको गीत दर्शन सलामले राम्रो चर्चा पाइरहेको छ। त्यस्तै उँहाका पहिलो नम्बरमा, पर्ख पर्ख मायालु, पिरिम नलाउनेलगायका दर्जन बढी गीत करोड क्लबमा छन्।
सरकारले गर्भमा लिंगको पहिचान नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।गर्भमा लिंगको पहिचान गरेर वा गराए एक वर्षसम्म कैद हुने मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई विधानअनुसार महाधिवेशन गर्न आग्रह गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिन्दी चलचित्र ‘आदिपुरुष’मा उल्लेखित केही शब्दावलीका विषयमा ध्यानाकर्षण भएको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दादुराको प्रकोप हालसम्म १७ जिल्लामा फैलिसकेको छ।