आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरेको छ ।
टर्कीले २०२४ को पहिलो दिनदेखि मासिक न्यूनतम पारिश्रमिक ४९ प्रतिशतले बढाएर १७ हजार टर्किस लिरा (५७८.४ अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ । देशका श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले बुधबार सो घोषणा गर्नुभयो ।
टर्कीको संसदीय समितिले स्वीडेनको नाटो प्रस्तावलाई अनुमोदन गरेको छ । टर्कीको संसदको विदेश मामिला समितिले स्वीडेनको नाटो प्रस्तावलाई छलफलपछि अनुमोदन गरेको हो ।
गाउँपालिकाका ८ वटै वडामा पुगेर योजना सम्झौता गर्नका लागि सुरु गरिएको सम्झौता कार्य अनुरुप गाउँपालिकाको १ नम्बर वडाको दोवामा पुगेर योजनाहरु सम्झौता गरेको हाे ।
प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ ।
झापा शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको छ ।
नेकपा (एमाले) की नेत्री एवं प्रतिनिधिसभा सदस्य मेनका पोखरेललाई सरकारको नेतृत्व गरिरहेका पहुँचवाला नेताहरूले आ–आफ्नो जिल्लामा बढी बजेट छुट्याउने तर विकासको प्रतीक्षामा बसेका र कतै पहुँच नभएका भुइँमान्छेलाई बेवास्ता गर्ने परिपाटी गलत लाग्छ ।
विगत दुई महिनादेखि बर्दिबासका ग्रामीण भेगमा उपद्रो मच्चाउँदै आएका हात्तीको आक्रमणमा परी एक जनालाई घाइते भएका छन् । हात्तीले वन कार्यालयको भवनमा क्षति पुर्याएका छन् ।
हनुमान नाच नेवार समुदायको पुरानो मौलिक कला संस्कृति हो ।
समयमै काम नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । ठेक्का लिएको एक दशकमा पनि काम नगर्ने आठ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सडक डिभिजन कार्यालय पाल्पाले सिफारिस गरेको हो ।
धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होमस्टे सोचे अनुसार फस्टाउन सकेको छैन । कालोपत्रे सडक, यातायात, खानेपानीको असुविधादेखि लिएर व्यवस्थापकीय कमीका कारण अपेक्षा अनुसार होमस्टे फस्टाउन नसकेको हो । कला, संस्कृतिको संरक्षण गर्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष सन् २०११ को अवसर पारेर भादा गाउँमा होमस्टे सञ्चालन गरिएको थियो ।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट बालकुमारीमा सुरु हुनेछ । आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुनेछ । बैठक बुधवारबाट सुरु भएको हो ।
क्षणिकी समयको सूक्ष्मताभित्र जीवन र जगत्लाई समग्रतामा हेर्ने माइक्रोस्कोप हो । मेरो प्रथम निबन्ध सङ्ग्र
सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुनेछ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । बुधवार जाहेरी पक्षका वकिलहरूले बहस सकेसँगै आज बिहीबार सन्दीप पक्षका वकिलको बहस हुनेछ । वादी नेपाल सरकार जाहेरीवालाको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका छन् ।