रोटरी क्लब अफ हेटौँडाले हेटौँडा उपमहानगरपालिका–६ रामनगरमा सञ्चालनमा रहेको सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताललाई ७७ लाखभन्दा बढीको अत्याधुनिक उपकरणहरू सहयोग गरेको छ ।
बाँकेको खजुरा र नरैनापुर गाउँपालिकाका ६ वटा गरिब किसान समूहलाई कृषि उत्पादन वृद्धिका लागि साना सिँचाइ सुविधा हस्तान्तरण गरिएको छ।
नयाँदिल्लीस्थित इजराइली दूतावास नजिकै मङ्गलबार बम विस्फोट भएपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ ।
काठमाडौँ महानगरपालिकाले बानेश्वरको आकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्ने तयारी गरेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस धनुषाले ६ जनाको नाम सिफारिस गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार करोड २० लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ ।
रामपुर नगरपालिका २ भलायटारस्थित ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा तोडफोड गरी चोरी भएको हो ।
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै विजयी भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन छिटो निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।
होटल एसोसियसन अफ मकवानपुरको आयोजनामा हेटौँडामा तीन दिने सडक खाना महोत्सव हुने भएको छ ।
प्योङयाङले हालै अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि दक्षिण कोरियाले अवैध साइबर गतिविधिलाई लिएर उत्तर कोरियाको गुप्तचर निकायका प्रमुखमाथि प्रतिबन्ध लगाएको सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ ।
धनुषाको ढल्केबरमा डिडिसीको दुग्ध डेरीबाट निस्कने प्रदूषित पानीका कारण स्थानीयवासी आजित भएका छन् ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।
गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास भने काेसेली पठाउने टोलीमा सहभागी नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, "म जति सक्छुु, त्यति लिएर जान्छु, भारमा मेरो संलग्नता छैन ।